×

NMB BANK
NIC ASIA

कर्णालीका ४० पर्यटकीय गन्तव्य तय

कार्कीको संयोजकत्वमा प्रादेशिक पर्यटन समिति गठन

साउन १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारका ४० ओटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी कर्णालीमा पर्यटकको आकर्षण बढाउनका लागि प्रादेशिक पर्यटन प्रवृद्धन समिति गठन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिको सचिवालय संयोजकमा राजु कार्की चयन भएको बताइएको छ । समितिमा दिलबहादुर महत, देवराज जैशी, देविकृष्ण रोकाया र सदस्य सचिवमा मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान रहेका छन् ।


Advertisment
Nabil box
Kumari

कार्यालय काठमाडौंमा खोलिने तथा लंकबहादुर शाही, जनकराज शर्मा र छेवाङ लामा सम्पर्क व्यक्तिको रुपमा तोकिएको मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । ‘नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन हामीले कर्णालीका ४० वटा पर्यटकीय गन्तव्यलाई छानेका हौं,’ मन्त्री बुढाले भने, ‘प्रदेशभर एक सय एक क्षेत्र भएपनि अहिले सबै स्थानमा विकास गर्न नसकिने भएका कारण हामीले यी क्षेत्र चयन गरेका हौं ।’

Vianet communication
Laxmi Bank

नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्न देवराज जैशीको संयोजकत्वमा प्रचारप्रसार विभाग गठन गरिएको छ । जनकराज शर्मालाई होटल ट्राभल तथा ट्रेकिङ व्यवस्थापन विभाग, देवीकृष्ण रोकायालाई मानव संशाधन विभाग, लंकबहादुर शाहीलाई आर्थिक विभाग दिलबहादुर महतलाई पर्यटकीय उत्पादन तथा सांस्कृतिक विभागको जिम्मा दिइएको मन्त्री बुढाले जानकारी दिए ।

मन्त्री बुढाका अनुसार मन्त्रालयले ५ जना ख्यातीप्राप्त व्यक्तिलाई कर्णालीको साथीको रुपमा ‘गूड वेल एम्बास्डर’ चयन गरिने छ ।

कार्यक्रम सञ्चालनका लागि संघीय सरकारबाट बजेट आउने र नपुग भएको खण्डमा प्रदेश सरकारबाटै उपलब्ध गराउने गरी अघि बढिएको मन्त्री बुढाले बताए । ‘बढीभन्दा बढी पर्यटक कर्णालीमा ल्याउने हाम्रो योजना हो,’ मन्त्री बुढाले भने, ‘त्यसका लागि यो समितिले विभिन्न अभियान सञ्चालन गर्नेछ ।’

मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले १० वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘हुम्लाको लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह, खार्पुनाथ सिमीकोट, मुगुको रारा क्षेत्र, छायानाथ, जुम्लाको चन्दननाथ गुठीचौर पातारासी र सिंजा भ्याली, ालिकोटको पचाल झरना, चुलीमालिका, कोट दरबार पञ्चा दरबारलाई पर्यटकीय गन्तव्यमा समेटेका छौं,’ उनले भने, ‘दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डे ताल, छायाक्षेत्र, खैराबाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल, सर्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदि, नादाइ गढ कुशे ठाकुर जीका गढ र डोल्पाको अप्पर डोल्पा, से फोक्सुण्डो, गुम्बा,भिजेर, धो ताराप र त्रिपुरासुन्दरी, छलामष्टा तथा दुनै समेटेका छौं ।’

सरकारले भदौ २५ गते माथिल्लो डोल्पामा महोत्सव आयोजना गरिने निर्णय भएको संयोजक राजु कार्कीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x