कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – भद्रकालीबाट सिंहदरबारतर्फ १५० सीसीको एउटा पल्सर बाइक बिहान ८ बजेको समयमा हुइँकिँदै आयो ।
बायाँतर्फबाट आएको बाइकले ‘साइड लाइट’ नबालेरै अर्को लेन परिवर्तन गरेर माइतीघरतर्फ हुइँकियो ।
बिहानको समय भएकाले सवारीसाधनको चाप पनि थिएन, बाइक चालकले सजिलै ट्राफिक प्रहरीको आँखा छल्न सके तर प्रहरीको आँखा छलेपनि त्यस क्षेत्रमा जोडिएको सीसीटीभी क्यामेराले बाइकको गल्तीलाई कैद गरिसकेको थियो ।
ट्राफिक प्रहरी महाशाखा सिंहदरबारमा जोडिएको सीसीटीभी क्यामेरा कक्षमा रहेको भिडियो मनिटरबाट ट्राफिक प्रहरीले बाइकको नम्बर पत्ता लगायो । त्यो नम्बर कसको हो भनेर पत्ता लगाउन केही समय पनि लागेन ।
प्रहरीले यातायात व्यवस्था विभागको सवारी दर्ता किताबमार्फत् सवारीधनीको नम्बर पत्ता लगायो । ट्राफिक प्रहरी महाशाखाबाट ९८५१० ... नम्बरमा फोन गयो । फोन ईश्वर (नाम परिर्वन) ले उठाए र बाइक आफ्नो भएको स्वीकार गरे । ट्राफिक प्रहरीले उनलाई ट्राफिक प्रहरी महाशाखामा बोलायो ।
‘तपाईंले सिंहदरबार अगाडि लेन नियमको उल्लंघन गर्नुभएछ नि !’ प्रहरीले ईश्वरलाई सोध्यो । शुरूमा त उनी आफ्नो गल्ती मान्न तयार भएनन् तर ट्राफिक प्रहरीले सीसीटीभीमा कैद भएको भिडियो देखाएपछि उनी गल्ती मान्न तयार भए ।
उनलाई लेन नियम उल्लंघन अनुसारको जरिवानासहित १ घण्टाको कक्षा दिएर अबबाट लेन नियम पालना गर्ने प्रतिवद्धतासहित घर फर्काइयो ।
... ...
काठमाडौंकै थापाथली चोकमा हरेक दिन प्रायःजसो ‘पिक आवर’मा ‘सर्भिलियन्स भेहिकल’ राखिएको हुन्छ । ललितपुर–काठमाडौं जोड्ने बाग्मती पुल पनि सँगै भएकाले त्यस क्षेत्रमा दैनिकजसो जाम हुने गर्दछ ।
ललितपुरबाट जाँदा बायाँतर्फ लाग्ने हो भने त्रिपुरेश्वर पुगिन्छ, सिधा जाँदा रत्नपार्क, वानेश्वर लगायतका क्षेत्रमा जान सकिन्छ ।
दैनिन ३/४ जना ट्राफिक प्रहरी खटिएका हुन्छन् त्यहाँ । हजारौंको संख्यामा गुड्ने सवारीसाधानमा ४ जना ट्राफिक प्रहरीको आँखा पुग्ने कुरै भएन ।
हरेक दिन ‘सर्भिलियन्स भेहिकल’मा जोडिएको सीसीटीभी क्यामेराले सवारीसाधनका गतिविधि कैद गरिरहेको हुन्छ । ट्राफिक प्रहरीले भेहिकलमा कैद भएका भिडियोको आधारमा कारवाही गरिरहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले लोकान्तरलाई बताए ।
‘हामीले दैनिकजसो ‘सर्भिलियन्स भेहिकल’, सीसीटीभी क्यामेरा र ट्राफिक प्रहरीले बोकेका गोप्रो क्यामेरामा कैद भएका ट्राफिक नियमका उल्लंघनलाई कानूनी कारवाहीको दायरामा ल्याउने गरेका छौं,’ उनले भने ।
सीसीटीभीबाट ८ हजार सवारी कारवाहीमा
काठमाडौंमा प्रत्यक्षबाहेक सीसीटीभीको मद्दतबाट दैनिक कैयौं सवारीसाधन कारवाहीमा पर्ने गरेका छन् । आर्थिक २०७५/०७६ को तथ्यांकलाई हेर्ने हो भने २०७४ माघ २५ गतेदेखि २०७६ असार मसान्तसम्म ८ हजार ९ सय ३१ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ५१ जना र आर्थिक वर्ष ८ हजार ३ सय ८० वटा सवारी कारवाहीमा परेका छन् । सीसीटीभीबाट २०७४ माघ २५ गतेबाट ट्राफिक प्रहरीले शुरूवात गरेको थियो ।
२०७५ साउनमा २ सय ५६ वटा, भदौमा १ सय ८६, असोजमा २ सय १८ वटा, कात्तिकमा १ सय ६१ वटा, मंसिरमा १४४ वटा, पुसमा १ सय ४६ वटा, माघमा १ सय ५० वटा, फागुनमा १ सय ६० वटा, चैतमा १ सय ५१ वटा, २०७६ वैशाख १ सय ६५ वटा, जेठमा १ सय ५० वटा र असारमा १ सय १० जना गरी १ हजार ९ सय ९७ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।
महानगरीय प्रहरी कार्यालयमा सीसीटीभीबाट रेकर्ड भएको भिडियो फुटेजको आधारमा ट्राफिक प्रहरी महाशाखाले घरबाट बोलाएर कारवाही गरेको एसएसपी पन्तले बताए । महानगरीय प्रहरी कार्यालयले ‘अन द स्पोर्ट’ समेत कारवाही गरेको छ । २०७५ साउनमा ३ सय ६५ वटा, भदौमा १ सय ८४, असोजमा २ सय वटा, कात्तिकमा १ सय ५ वटा, मंसिरमा १ सय ६६ वटा, पुसमा २ सय ७७ वटा, माघमा २ सय २९ वटा, फागुनमा ३ सय ६३ वटा, चैतमा ४ सय ४६ वटा, २०७६ बैशाख ९ सय ९४ वटा, जेठमा ८ सय ५६ वटा र असारमा १ हजार १ सय २९ जना गरी ५ हजार ३ सय १४ वटा सवारी कारवाहीमा परेका छन् ।
‘सर्भिलियन्स भेहिकल’बाट २०७५ साउनमा १ सय ६ वटा, भदौमा १ सय ५२, असोजमा १ सय ४२ वटा, कात्तिकमा १ सय ५० वटा, मंसिरमा ८२ वटा, पुसमा ९९ वटा, माघमा ९८ वटा, फागुनमा ५७ वटा, चैतमा ५४ वटा, २०७६ वैशाख ५५ वटा, जेठमा ३९ र असारमा ३५ वटा गरी १ हजार ६९ वटा सवारी कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ ।
ट्राफिक प्रहरी नभएको भन्दै ट्राफिक नियम, लेन अनुशासन पालना नगर्ने सवारीलाई सीसीटीभीको आधारमा कारवाहीको दायरामा ल्याउने ट्राफिक प्रमुख पन्तले लोकान्तरालाई बताए ।
ट्राफिक प्रहरीले काठमाडौंमा सीसीटीभी निगरानीलाई २०७४ माघ २५ गतेबाट प्रयोगमा ल्याएको थियो । ‘सर्भिलियन्स भेहिकल’बाट कारवाही गर्ने अभ्यास २०७५ जेठ ११ गतेबाट प्रयोगमा ल्याएको थियो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...