कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काठमाडौं –सरकारले आगामी वर्ष सन २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमार्फत् उक्त घोषणा गर्दै सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको थियो ।
चालू आर्थिक वर्ष २०७६/०७७ को बजेटमा समेत आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै ‘भिजिट नेपाल २०२०’ को घोषणा सरकारले गरेको छ । तर, यसअघिका तथ्यांक अनुसार सरकारले राखेको पर्यटन भित्र्याउने लक्ष्य भने कहिल्यै पूरा भएको छैन ।
गत आर्थिक वर्ष २०७५/०७६ मा सरकारले १२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, मन्त्रालयका अनुसार सो लक्ष्य पूरा भएको छैन । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ सालमा पनि १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य रहेकोमा ९ लाख ४० हजार पर्यटकको आगमन भएको थियो ।
मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४मा ८ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकोमा ७ लाख ५३ हजार २ पर्यटकको आगमन भएको थियो ।
यसअघिका वर्षहरूमा सरकारी लक्ष्य अनुसार पर्यटक नआउनुले आगामी वर्ष सन २०२० मा पनि सरकारी लक्ष्य पूरा नहुने अनुमान गर्न सकिने मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
पर्यटकले गर्ने खर्च घट्यो
गत आर्थिक वर्षमा पर्यटकले गर्ने खर्च पनि घटेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा प्रतिदिन प्रति पर्यटक खर्च ५३ डलर रहेकोमा गत आर्थिक वर्ष २०७५/०७६ मा प्रतिपर्यटक ४४ डलर मात्रै खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा सरकारले प्रतिपर्यटक ६० डलर खर्च गराउने लक्ष्य राखेको थियो ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५मा प्रतिपर्यटक ५४ अमेरिकी डलर खर्च भएको थियो । सो आवमा सरकारी आपेक्षा भने ५८ डलर प्रतिपर्यटक खर्च हुने रहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटकले गर्ने खर्चमा किन कमी आएको भन्ने कुरा सरकारले खोजिरहेको जानकारी दिएको छ ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले मन्त्रालयको प्रारम्भिक अनुमान गुणस्तरीय पर्यटक नआउनु र इपेन्टका कारण कम खर्च भएको बताउँदै वास्तविक कारण खोजी गर्ने काम भइरहेको बताए ।
‘त्यो किन भयो ? कारण हामीले पनि खोजिरहेका छौं’ उनले लोकान्तरसँग भने, ‘गुणस्तरीय पर्यटक नआउनु र इपेमेन्ट कारण कम खर्च देखिएको हाम्रो अनुमान हो । राष्ट्र बैंकले पनि इपेमेन्टका कारण पर्यटकले गर्ने खर्चमा समस्या आएको औंल्याएको छ । त्यसलाई पनि हामी आवश्यक सुधार गर्छौं ।’
लक्ष्य अनुसार पर्यटक नआउँदा र आएका पर्यटकले पनि आपेक्षा अनुसार खर्च नगर्दा मुलुकको आम्दानीमा समेत असर परेको छ ।
फलस्वरूप सरकारी लक्ष्य अनुसार विदेशी रकम आर्जन हुन सकेको छैन ।
गत आर्थिक वर्षमा सरकारले पर्यटकले गर्ने खर्चबापत मात्रै १ अर्ब ८ करोड अमेरिकी डलर रकम बराबरको विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको थियो ।
६७ करोड ९ लाख अमेरिकी डलर मात्रै आर्जन भएको मन्त्रालयले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७४/०७५मा ८० करोड अमेरिकी डलर आर्जन हुने सरकारी लक्ष्य रहेको र सो आर्थिक वर्षमा ६२ करोड अमेरिकी डलर आर्जन भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विदेशी पर्यटकले नेपालमा औसत १२ दिन ४ घण्टा बस्ने गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा प्रतिपर्यटक १२ दिन ६ घण्टा र २०७३/०७४ मा १३ दिन ४ घण्टा बस्ने गरेका थिए ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...