चिर्पट प्रहार गरी बुवाको हत्या

प्रतिकात्मक तस्वीर
साउन २४, २०७६

झापा – जिल्लाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले शुक्रवार बिहान बुवाको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।


ADVERTISEMENT

चिर्पट प्रहारबाट ७० वर्षीय बुवा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साउन २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस