कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
साउन २४, २०७६
काठमाडौं – गोंगबुका रामहरी (नाम परिवर्तन) गत साता राति १० बजेसम्म गौशालामा बस्नुपर्यो । उनी काम सकिएपछि चाबहिल हुँदै गोंगबुतिर लागे ।
चाबहिलबाट गोपीकृष्ण फिल्म हलतर्फ लाग्दै गर्दा ओरालोमा ५/६ जना महिला तथा पुरुषजस्ता देखिने मानिसले बाटो छेके ।
शुरूमा त उनी अलमलमा परे । शुरूमा त लिफ्ट माग्ने हुन् कि जस्तो लाग्यो तर उनीहरूले भने, ‘जाने हो ? जाने भए मिलाउँछौं ?’
उनी अचम्ममा परे, डरले असिन–पसिन भए । ‘कहाँ जाने ? होइन के कुरा गरेको ?’ उनी अलमल परे तिनीहरूले उनीमाथि हातपात नै गर्न थाले । उनी मोटरसाइकल चलाएर भागे ।
झापाका कृष्ण (नाम परिर्वन) वैदेशिक रोजगारीमा जाने क्रममा काठमाडौं आएका थिए । काठमाडौंमा भएका साथीभाइसँग बागबजारमा रमाइलो गरेपछि राति १० बजे रानीपोखरी रत्नपार्क हुँदै सुन्धारा होटलतिर जाँदै थिए ।
रत्नपार्कको अन्डरपासको छेवैमा वरपर गरिरहेका केही महिलाले कृष्णलाई बोलाउँदै भने, ‘ए दाइ जाने ? १५ सय हो दाइ १५ सय !’ कृष्ण केही समय त कसलाई भनेको होला भनेर अचम्ममा परे । ‘दाइ तपाईंलाई हो ?’ ती महिलाले स्पष्ट पार्न खोजिन् । उनलाई के बोल्ने के नबोल्ने ठम्याउनै गाह्रो भयो । उनी फटाफट अगाडि बढे ।
गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा २८ जनालाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा अनैतिक क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।
नयाँ बसपार्क, चाबहिल, ठमेलको सञ्चय कोष क्षेत्र, रत्नपार्क क्षेत्र लगायतका क्षेत्रमा यस्ता क्रियाकलाप गर्ने महिला तथा पुरुष सक्रिय रहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।
‘चाबहिल, नयाँ बसपार्क, ठमेल, कोटेश्वर क्षेत्रमा अनैतिक क्रियाकलाप गर्नेहरू सक्रिय भएको देखिन्छ । उनीहरूलाई नियन्त्रण तथा यस्ता क्रियाकलापबाट निरुत्साहित गर्न प्रहरी लागेको छ,’ उनले भने ।
पहिले सामाजिक अपराध अन्तर्गत मुद्दा चलाउने गरिन्थ्यो अहिले भने अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने गरेको एसएसपी ज्ञवालीले बताए ।
अनैतिक क्रियाकलाप गर्ने कसैलाई पनि छोड्दैनौं : सुवेदी
अनैतिक क्रियाकलाप गर्ने तथा सामाजिक सहिष्णुतामा खलल पुर्याउने कसैलाई पनि कानूनले नछोड्ने महानगरीय परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।
अनैतिक क्रियाकलापमा लाग्ने र यस्ता कार्य गर्न उत्साहित गर्ने काठामाडौंैंका खाजाघर र सम्भावित क्षेत्रलाई लक्षित गरी प्रहरी परिचालन गरेको एसएसपी सुवेदीले बताए ।
‘काठमाडौैंका विभिन्न खाजाघर, रेस्टुराँ लगायतका क्षेत्रमा हामीले निगरानी बढाएका छौं र यस्ता क्षेत्रबाट पक्राउ परेका पनि छन्,’ एसएसपी सुवेदीले लोकान्तरलाई भने ।
पछिल्लो समय नेपाल प्रहरीले अनैतिक क्रियाकलाप हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ ।
काठमाडौं उपत्यकामा झण्डै ४५ सय पक्राउ
आर्थिक वर्ष २०७५/०७६ मा काठमाडौं, ललितपुर र भक्तपुरमा ४ हजार ४ सय ७२ जना पक्राउ परेका छन् । अनैतिक क्रियाकलाप गर्ने काठमाडौंमा ३ हजार ८ सय ८८ जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय (मेट्रो) को तथ्यांकमा उल्लेख छ ।
पक्राउ परेकामध्ये २ हजार ४ सय ६५ जनालाई अभद्र व्यवहार अन्तर्गत मुद्धा दर्ता गरिएको मेट्रोका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
ललितपुरमा ३ सय ७२ जना पक्राउ परेकामध्ये २ सय ४४ जनालाई मुद्धा दर्ता गरिएको छ । भक्तपुरमा २ सय १२ जना पक्राउ परेकामध्ये १ सय ३१ जनालाई मुद्धा दर्ता गरिएको प्रवक्ता ज्ञवालीले बताए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...