माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
साउन २६, २०७६
काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र तथा अतिविशिष्ट व्यक्ति बस्ने 'भीभीआईपी एरिया'हरू त्यस आसपासमा बनेका अग्ला–अग्ला भवनका कारण असुरक्षित बन्दै गएका छन् ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, नेपाली सेनाको मुख्यालय भद्रकाली, मन्त्री निवास पुल्चोक लगायतमा आसपासका ठूल्ठूला भवनका कारण सुरक्षा चुनौती थपिएको छ।
राष्ट्रपति भवन शीतल निवासको गेटअगाडि नै सीई कन्ट्रक्सनले ८ तल्ले भवन बनाइरहेको छ ।
राष्ट्रपति भवनको पर्खालसँगै बन्दै गरेको शीतल निवासभन्दा दोब्बर अग्लो यो भवन अपार्टमेन्टका लागि बनाइएको कन्ट्रक्सनका एक कर्मचारीले लोकान्तरलाई बताए ।
राष्ट्रपति भवनको सहजै निगरानी गर्न सकिने र आतंककारीहरूले कब्जामा लिएर आक्रमण समेत गर्न सक्ने गरी बनेको यस भवनका सम्बन्धमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।
देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीको निवास बालुवाटार भौगोलिक हिसाबले नजिकका अन्य क्षेत्रभन्दा होचो स्थानमा अवस्थित छ ।
प्रधानमन्त्री निवासको उत्तरतर्फ रहेका सबै आवासीय भवनहरू निवासको सुरक्षाका लागि निर्माण गरिएका सुरक्षा पोस्टभन्दा अग्ला छन् ।
यस क्षेत्रका कतिपय भवनबाट प्रधानमन्त्री निवासलाई सजिलैसँग निगरानी गर्न सकिन्छ ।
सिंहदरबारको दक्षिण ढोकातर्फ बनेको ठूलो निजी भवनबारे त हामीले समाचार प्रकाशन गरिसक्यौं, यस्तै भवन सिंहदरबारको उत्तरतर्फ पनि बनेको छ ।
अनामनगरबाट पद्मोदय मोडतर्फको हाइटमा बेसमेन्ट सहितको ९ तल्ले भवन निर्माण भइरहेको छ । उक्त भवन महालेखा परीक्षकको कार्यालयका लागि बनाइएको हो ।
सेवाग्राहीको सहज पहुँच रहने यस भवनबाट सिंहदरबारको सम्पूर्ण क्षेत्रलाई सहजै निगरानी गर्न सकिन्छ ।
यो भवनको निर्माण संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले ठेक्का प्रक्रियामार्फत अगाडि बढाएको हो ।
उक्त भवन निर्माण गर्दा कुनै पनि सरकारी निकायमार्फत नक्सा पास समेत गरिएको छैन ।
अनामनगरतर्फ यस्ता अन्य कैयन भवन छन्, जुन सिंहदरबारभन्दा निकै अग्ला छन् ।
यस्तै सेना कुनै पनि देशको सुरक्षा मेरुदण्ड हो ।
नेपाली सेनाको मुख्यालय भद्रकालीको उत्तरतर्फ सुन्धारा नागस्थानमा रहेका सीटीसी मल, सिभिल मल लगायतका संरचनाले सेनाको मुख्यालयलाई नै सुरक्षा चुनौती थपेका छन् ।
के भन्छन्, सुरक्षाविद्हरू ?
संवेनशील क्षेत्रलाई डोमिनेट गर्ने गरी यस्ता संरचना बन्न दिन नुहने पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।
‘मैले सुनेको छु, गृह मन्त्रालयले यस सन्दर्भमा अहिले गृहकार्य गरिरहेको छ,’ ठकुरीले लोकान्तरसँग भने, ‘अब बन्ने नीतिमा सुरक्षाका हिसाबमा संवेदनशील क्षेत्रलाई डोमिनेट गर्ने प्रकृतिका संरचना बन्न नदिने व्यवस्था गर्नुपर्छ ।’
यस किसिमको पुरानो व्यवस्थालाई बहुदल आएपछि खुकुलो पारिएको उनले स्मरण गरे ।
‘पुरानो व्यवस्थामा नारायणहिटी वरिपरिको घेरामा २ तल्लाभन्दा बढी उचाइका भवनहरू निर्माण गर्न नपाइने व्यवस्था थियो, बहुदलीय व्यवस्थापछि यो विषय विस्तारै खुकुलो हुँदैै आयो,’ ठकुरीले भने ।
उनले थपे, ‘बजारमा यो विषयमा अनेक विमर्शहरू भइरहेका छन् । कसैले भन्छन् बनेका ठूला भवन भत्काउनुपर्छ, कसैले भन्छन् बनेका भवनहरूको झ्याल बन्द गरिदिनुपर्छ । यो विषयमा मेरा केही सुझाव छन्– पहिलो, बनिसकेका भवनको हकमा भीआईपी एक्स्पोज हुने ठाउँको स्ट्रक्चर चेन्ज गर्न सकिन्छ कि !
दोस्रो, सम्बन्धित भवनहरूको प्रयोजनका विषयमा सुरक्षा इन्टेलिजेन्सलाई नियमित थाहा हुनुपर्यो । अनि तेस्रो, अलि गम्भीर प्रकृतिको क्षेत्रमा सम्बन्धित भवनलाई सुरक्षा निकायले भाडामा लिएर प्रयोग गर्न पनि सक्छ ।’
पूर्व एआईजी जयबहादुर चन्दले पनि यसअघि नै यसबारे चिन्ता व्यक्त गरिसकेका थिए । उनले लोकान्तरसँग भनेका थिए, ‘अहिले अन्तर्राष्ट्रिय जगतमा हाम्रो स्ट्राटेजिक भ्यालु विकास भइरहेको छ । भीआईपी एरियाहरू हेर्दा लाग्छ, आतंककारीले जुनसुकै बेला सर्वाधिक सजिलोसँग आक्रमण गर्न सक्छन् ।’
अनुसन्धानमा गृह मन्त्रालय
सरकारले यस विषयमा अनुसन्धान थालेको छ ।
यही असार ३ गते गृहमन्त्रीस्तरीय निर्णयका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी एउटा समिति निर्माण गरिएको छ ।
उक्त समितिले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण सरकारी भवन तथा प्रतिष्ठानका भवन आसपास अवस्थित जुनसुकै व्याक्ति वा निकाय वा संस्था/फर्मका भवनबाट पर्न सक्ने सुरक्षा चुनौती, समस्या र सामाधानका उपायका सम्बन्धमा सुझाव संकलन गरी मन्त्रालयलाई बुझाउने कार्यादेश पाएको छ ।
समितिमा काठमाडौं जिल्लाको सुरक्षा समितिका सबै पदाधिकारी, पुरातत्व विभागका एक जना उपसचिव, काठमाडौ महानगरपालिकाका एक उपसचिव र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलका उपसचिव सदस्य छन् ।
समितिले अति संवेदनशिल, संवेदनशिल र सामान्य क्षेत्रको वर्गीकरण गर्ने कार्य टुंग्याएको एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।
‘अति संवेदनशील क्षेत्रमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, संसद् भवन, सिंहदरबार क्षेत्र, मन्त्री निवास आदिलाई समावेश गरिएको छ,’ स्रोतले भन्यो, संवेदनशील क्षेत्रमा सुरक्षा निकायका प्रधान कार्यालय, कारागार आदि जस्ता संरचना परेका छन् ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...