×

NMB BANK
NIC ASIA

छताछुल्ल विवाद

नेकपाभित्र 'प्रोक्सी वार' : शीर्ष तहको असन्तुष्टिमा युवा नेताको जुहारी !

साउन २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई केन्द्रीय कमिटी सदस्यहरू सूर्य थापा र रामप्रसाद सापकोटा 'दीपशिखा'बीच सामाजिक सञ्जाल फेसबुकमा वाकयुद्ध चलिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

थापाले शनिवार साँझ अबेर सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै जनयुद्धको नेतृत्वकर्ताले एक लपेटो नखानु र नहान्नु अचम्म भएको आशयसहित पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्ना अध्यक्ष प्रचण्डको उक्त भनाइमाथि टिप्पणी गर्दै थापाले भनेका छन्, 'आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देशन र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।'


Advertisment
Nabil box
Kumari

थापा यतिमा मात्र रोकिएनन्, प्रचण्डमाथि थप कडा टिप्पणी गर्दै लेखे, 'हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ?'

Vianet communication
Laxmi Bank

गत शुक्रवार राजधानीमा आयोजित एक साहित्यीक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले १० वर्षे विद्रोहको नेतृत्व गरेको भएतापनि हिँसाजन्य गतिविधीबाट टाढै रहेको जिकिर गरेका थिए । 'म त्यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’ अध्यक्ष प्रचण्डले उक्त कार्यक्रममा बोल्दै भनेका थिए, 'मेरो नेतृत्वमा त्यत्रो युद्ध भयो, अनौठो लाग्छ मान्छेलाई, हजारौंको बलिदानी पनि भयो तर त्यसको कमाण्डर हुँ फेरि म । जसको हिंसात्मक कुनै क्रियाकलापमा कहीं प्रत्यक्ष सहभागिता छैन ।’

प्रचण्डको उक्त सार्वजनिक अभिव्यक्तिलाई लिएर थापाले गरेको टिप्पणीमाथि प्रतिटिप्पणी गर्दै नेकपाका युवा संगठनका अध्यक्षसमेत रहेका पार्टी केन्द्रीय कमिटी सदस्य दीपशिखाले अध्यक्षमाथि थापाको टिप्पणी सह्य नभएको भन्दै अनुशासनको कारवाही गर्नुपर्ने बताए । त्यसको लगत्तै थापाको अर्को प्रतिक्रिया आयो, 'दीपशिखाले मलाई अनुशासन सिकाउने ?'

दुई ठूला कम्युनिस्ट पार्टीहरू तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपाभित्र पछिल्लो समयमा देखिएको विवादका जानकारहरू यसलाई रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल र अध्यक्ष प्रचण्डबीचको छद्म युद्धका रूपमा चित्रित गर्ने गरेका छन् ।

विवादको जड

नेकपा एकताप्रक्रियाको विशिष्ट चरणमा छ । पटक-पटकको प्रयासमा पनि पार्टीभित्र विभागको नेतृत्वलाई लिएर उठेको विवाद समाधान हुन सकेको छैन । नेताहरूबीच हुने औपचारिक र अनौपचारिक छलफलले कुनै समाधान नदिएपछि १५ दिनसम्मका लागि सचिवालय बैठक स्थगित गरेर प्रचण्ड पारिवारिक भ्रमण भन्दै साउन १३ गते युएई उडेका थिए भने प्रधानमन्त्री केपी ओली साउन १८ गते उपचारका लागि सिंगापुर प्रस्थान गरे । प्रचण्ड फर्किसकेका छन् तर ओली अहिले सिंगापुरमै छन् । नेकपाको सचिवालय बैठक २८ गतेका लागि डाकिएको छ ।

नेकपा एकीकरण प्रक्रियाको महत्त्वपूर्ण अंग मानिएको ३२ वटा विभागहरूको नेतृत्व छनोट हुन सकेको छैन । पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको नेतृत्व लिने मोटामोटी सहमति भएको थियो तर स्कूल विभागमा दोहोरो दाबी परेकाले विवाद झन् बढी गहिरिएको हो ।

स्कूल विभागमा पूर्वएमालेका तर्फबाट पोखरेलले दाबी गरेका थिए भने पूर्व माओवादी पक्षबाट प्रवक्तासमेत रहेका नारायणकाजीको दाबी परेको थियो । स्कूल विभागले पार्टी नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले दुवै पक्ष आफ्नो आफ्नो दाबीबाट टसको मस भएनन् ।

प्रचण्डकै कारणले पोखरेलले स्कूल विभाग नपाएको पोखरेलपक्षीय नेताहरूको बुझाई छ । थापा पोखरेल पक्षीय केन्द्रीय कमिटी सदस्य हुन् भने दीपशिखा साविक माओवादीका युवा संगठन वाईसीएलका अध्यक्षसमेत रहिसकेका नेता हुन् ।   

अध्यक्ष धेरै तरंगित हुनुभएको छ - थापा

फेसबुकमा प्रचण्डको सार्वजनिक वक्तव्यका बारेमा तिखो टिप्पणी गरिरहने थापा अध्यक्ष प्रचण्ड बारम्बार अस्थीर हुने गरेको आरोप लगाउँछन् । 'पार्टी अध्यक्ष जस्तो मान्छे, तरंगित हुँदै जाने, अस्थीर हुने चालले त भएन नि,' उनले लोकान्तरसँगको कुराकानीमा भने, 'अलि पत्याउने खालको कुरा गर्नुपर्यो सार्वजनिक मंचबाट । उहाँले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको सार्वजनिक टिप्पणी गरेको हुँ ।'

उनले प्रचण्डले दिने सार्वजनिक अभिव्यक्ति सुधार होस् भन्ने हेतुले यस्ता टिप्पणीहरू गरेको दाबी गर्छन् ।  'अध्यक्ष प्रचण्डलाई सुधारका लागि मैले यस्तो टिप्पणी गर्ने गरेको हो,' उनले भने, 'उहाँ राम्रो हुनुहोला भन्नका लागि मैले सार्वजनिक रूपमै यस्तो लेख्ने गरेको हुँ । उहाँका बोली तरंगित पार्ने खालका छन्, त्यो नहोस् ।'

आफूले गरेको टिप्पणीमाथि नेकपा युवासंगठनका अध्यक्ष दीपशिखाले गरेको प्रतिटिप्पणी सही नरहेको थापा जिकिर गर्छन् । 'दीपशिखा अध्यक्ष भएको एक महिना भयो एउटा बैठक राख्न सक्नु भएको छैन, पाएको जिम्मेवारी पूरा गर्नुछैन,' उनले भने, 'पुरानो युद्धकालीन मानसिकताले पार्टी चल्दैन । उहाँमा यदि त्यो छ भने छोडे हुन्छ ।'

'रातामण्डलेको जत्था बनाएर हामीलाई गाली गरेर के फाइदा हुन्छ ?' उनले प्रश्न गरे, 'उनीहरूको अनुशासन मान्दिन नि, पार्टीको अनुशासन मान्ने हो । राजनीतिक प्रतिवेदनअनुसार आजको पार्टीको लाइन समाजवाद शान्तिपूर्ण रूपमा आउन सम्भव छ भन्ने हो । त्यो स्वीकार्न सक्नुपर्यो नि ।'  

सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्न पाइदैन - दीपशिखा  

थापाको अभिव्यक्तिमाथि अनुशासनको लगाम लगाउनुपर्छ भन्दै काउन्टरमा उत्रिएका दीपशिखा सार्वजनिक ठाउँमा नेतृत्वको आलोचना गर्न नपाइने तर्क गर्छन् । लोकान्तरसँग कुरा गर्दै दीपशिखाले भने, 'नेतृत्वको विरोध गरेर सार्वजनिक रूपमा उत्रिने कि पार्टी विधानले के भन्छ त्यही अनुसार आलोचना गर्ने ? बैठकमा, आन्तरिक कमिटीमा आलोचना गर्ने कि सामाजिक सञ्जाल, पत्रपत्रिकामा आलोचना गर्ने ?'

नेताहरू आफ्नो हैसियतमा बस्नुपर्ने दीपशिखाले तर्क गर्छन् । 'हामीले भनेको नेताले नेताको हैसियतमा रहनुपर्छ भन्ने हो,' उनले भने, 'उसले साविक एमालेको दादागिरी देखाउन खोजेर हुन्छ ? शीर्ष नेता त्यो पनि अध्यक्षको सार्वजनिक रूपमा चरित्र हत्या गर्न दिन्छ पार्टी विधानले ?'

थापाले अध्यक्षको सार्वजनिक रूपमै चरित्रहत्या हुने गरेर लेख्न थालेपछि त्यसको प्रतिवाद मात्र गरेको दीपशिखाको दाबी छन् । उनी भन्छन्, 'उनी अध्यक्ष प्रचण्डलाई कन्टिन्यु एट्याक गरेको गर्यै छन्, फेसबुकमा लेखेर उनले प्रचण्डले गरेका प्रत्येक कुराको काउन्टर गरिरहेका छन् । प्रचण्डले जे भने पनि विरोध गर्नैपर्ने मानसिकता छ उनको ।'

अनुशासनमा बस्ने पार्टी लाइनकै कुरा गरेको भन्दै दीपशिखाले आफू कसैको पक्ष या विपक्षमा नबोलेको दाबी गरे । 'अब हामी बोलेका छौं, अब यस विषयमा बहस हुन्छ,' उनले भने, 'केन्द्रीय कमिटीको बैठक बोलाउन दबाब दिन्छौं र नेतृत्वविरुद्धमा जथाभावी बोल्नेलाई अनुशासनको कारवाहीको माग गर्छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x