कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौं – सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ ।
जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागिदार हुने भएका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ । यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ । हालसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ ।
अन्नपूर्ण पोस्ट दैनिक लेख्छ – किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ । उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जाबमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ ।
जंगीअड्डाले एक सहायक रथीको संयोजकत्वमा समिति बनाई वरिष्ठ अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गरिरहेकोे छ । सैनिक मुख्यालयले केही महिनाअघि मात्र बढुवा भएका एक उपरथी र उपरथीमा बढुवा सिफारिस भएका सहायक रथीको जन्ममिति छानबिन गरिरहेको छ । उच्च सैनिक स्रोतका अनुसार उपरथी पदमा बढुवा पाएका ताराध्वज पाण्डे र सहायक रथी अशोकराज सिग्देलको जन्ममितिबारे छानबिन भइरहेको हो ।
पाण्डे र सिग्देलले सैनिक नेतृत्वसम्म पुग्ने आसमा जन्ममिति किर्ते गरेको स्रोेतले बताएको छ । दुवैको विद्यालय तहमा दर्ता र सैनिक अभिलेखमा भएको जन्ममिति फरक–फरक देखिएको छ । रक्षा मन्त्रालय र जंगीअड्डामा उपरथी पाण्डे र सहायक रथी सिग्देलविरुद्ध छुट्टाछुट्टै उजुरी परेको पुष्टि भएको छ ।
उपरथी पाण्डे सेनाको हेटौंडास्थित मध्यपृतनाका पृतनापति छन् । सहायक रथी सिग्देल जंगीअड्डामै कार्यरत छन् । पाण्डेको केही महिनाअघि मात्र उपरथी पदमा बढुवा भएको थियो । उपरथीमा बढुवाका लागि एक नम्बरमा सिग्देलको नाम सिफारिस भएको छ ।
कार्यसम्पादनमा दुवै जना अब्बल ठहरिए पनि जन्ममितिमा किर्तेपछि पदमा बसिरहन दुवै जनालाई अप्ठेरो परेको छ । जंगीअड्डाले पाण्डे र सिग्देलसहित अन्य उच्च अधिकारीलाई छानबिनको दायरामा तानेको स्रोतले बताएको छ ।
नागरिकतामा जन्ममिति सच्याई वास्तविक सेवा अवधिभन्दा बढी सेवा गरेको अभियोगमा प्रमुख सेनानी जीवन थापालाई सैनिक अदालतले बर्खास्त गरेको थियो । नक्कली प्रमाणपत्र बुझाएर सेवा प्रवेश गरेका, नागरिकतामा किर्ते गरी जन्ममिति सच्याएका, बढुवा हुन नक्कली प्रमाणपत्र बुझाएका र उमेर नपुगी सेवा प्रवेश गरेका प्रथम श्रेणी र उच्च तहका अधिकारीमाथि जंगीअड्डाले छानबिन गरिरहेको छ । उपरथीमा बढुवा हुन केहीले नक्कली प्रमाणपत्रसमेत पेस गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार बढुवा हुन नक्कली प्रमाणपत्र बुझाउनेमा साधारण सेवा, विविध सेवा र प्राविधि सेवातर्फका कनिष्ठदेखि वरिष्ठ तहका करीब ३ दर्जन छन् ।
प्रहरी र निजामतीतर्फ नक्कली प्रमाणपत्र अख्तियार दुरुपयोग आयोगले छानबिन गर्दै आएको छ । किर्ते गर्ने सैनिकमाथि भने छानबिन नहुने आशंका थियो । यही बेला प्रधानसेनापति थापाले गम्भीर ढंगले छानबिन गर्न निर्देशन दिएका छन् । जंगीअड्डाले किर्ते गर्ने ११ जनालाई कारबाही गरिसकेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...