×

NMB BANK
NIC ASIA

कश्मीरमा स्थिति सामान्य रहेको सरकारको दाबी, स्थानीय भने समस्यामा रहेको मिडियाको भनाइ

साउन २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कश्मीरका विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा त्यहाँको स्थिति नियन्त्रणमा रहेको भनाइ आएको छ । 

Muktinath Bank

आधिकारिक बयानका अनुसार, बकरीदको अवसरमा स्थानीय मस्जिदमा ठूलो संख्यामा मानिस भेला भए र नमाज पढे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सुरक्षा उपाय अन्तर्गत श्रीनगरका केही अतिसंवेदनशील क्षेत्रमा मानिस भेला हुन प्रतिबन्ध लगाइएको थियो । 


Advertisment
Nabil box
Kumari

केही भागमा छिटपुट रूपमा दिनहुँ विरोध प्रदर्शन भएका छन् र केही क्षेत्रमा ढुंगा हान्ने काम पनि भयो । प्रहरी र सुरक्षाबलले यी प्रदर्शनहरूलाई तत्कालै नियन्त्रणमा लिए र केही मानिस सामान्य घाइते भएको खबर छ । 

Vianet communication
Laxmi Bank

प्रहरी प्रमुख र सैन्य कमान्डरहरूले कश्मीरमा सोमवार हवाई सर्वेक्षण गरेर सबै कुरा व्यवस्थित र सामान्य रहेको दाबी गरेका थिए । प्रहरीले केही मानिसलाई हिरासतमा लिएको कुरालाई पनि सामान्य मान्दै सुरक्षा कारणले त्यसो गरिएको बताएको छ । 

सरकार आफैंले कश्मीरमा मिडिया सेन्टर बनाएको छ र मिडियाकर्मीहरूले फोन र इन्टरनेट प्रयोग गरिरहेका छन् । 

सोमवारै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हवाई सर्वेक्षण गरेका छन् । 

सरकारले कश्मीर शान्तिपूर्ण रहेको दाबी गरिरहेपनि केही मिडिया रिपोर्टमा कश्मीर अशान्त रहेको बताइएको छ । 

पीटीआईको रिपोर्टअनुसार, कश्मीरमा बकरीद पर्वमा कुनै उत्साह देखिएन । कश्मीरका धेरै भागमा अस्वाभाविक मौनता देखिन्छ । सडकहरू सुनसान छन् र प्रहरी तथा सुरक्षाबलको गाडीको आवाज मात्र सुनिन्छ । कश्मीरीहरू कडा सुरक्षाका बीच उठिरहेका छन् र सुरक्षाबलले उनीहरूलाई कठोर चेतावनी दिँदै घरभित्र बस्न भनेका छन् ।

रोयटर्सको रिपोर्टअनुसार, ‘सयौं मानिस शुक्रवार सोरामा भेला भए अनि भारतविरोधी नारा लगाए । महिलाहरू पनि ठूलो संख्यामा बाहिर निस्केर प्रदर्शन गरे । भाुवक भएका महिलाले आँखामा आँसु भर्दै आफूहरूलाई स्वतन्त्रता चाहिएको बताए । स्थानीयहरूले कश्मीरमा यस्तो किसिमको मौनता पर्वका बेला कहिल्यै नदेखिएको बताए ।’

न्युज एजेन्सी एपीले आफ्नो रिपोर्टमा लेख्यो, ‘स्थानीयहरू रासनको कमी र जरूरी सामानको संकट झेलिरहेका छन् । कश्मीरमा मानिसहरूको आवागमनमा पनि रोक लगाइएको छ र पसलहरू बन्द छन् । कतिपय रोगीहरूसँग आवश्यक औषधि पनि छैनन् ।’

उता न्युयोर्क टाइम्सको रिपोर्टमा दाबी गरिएअनुसार, घरमा थुनिएका कश्मीरीहरू अहिलेको स्थितिबाट चिन्तित र क्रुद्ध छन् ।

विदेशी सञ्चारमाध्यमले कश्मीरका विषयमा प्रकाशित गरेको रिपोर्टमा पनि सरकारले कडा प्रतिक्रिया दिएको छ । सरकारले बीबीसी र अलजजीरासँग कश्मीरमा भइरहेको व्यापक प्रदर्शनसँग सम्बन्धित भिडियो रिपोर्टका विषयमा स्पष्टीकरण माग्यो । सरकारले मिडिया रिपोर्टहरू भ्रामक रहेको बतायो । बीबीसीले चाहिँ भिडियो पुष्टि भइसकेको बताउँदै आफ्नो रिपोर्टमा अडान लियो । 

सरकार र मिडिया रिपोर्टहरूमा विरोधाभास छ । मिडिया रिपोर्टहरूमा औसत कश्मीरीहरूमाझ अहिले रासन, औषधि र अत्यावश्यक वस्तुको अभाव रहेको लेखिएको छ । मोबाइल सञ्चार पनि बन्द छ । 

घरहरूमा समाचारपत्र पनि पुगिरहेका छैनन् । द ट्राइब्युनका अनुसार, स्थानीय पत्रिकाहरूको प्रकाशन कि त बन्द छ, कि त पृष्ठ कम गरिएको छ । सरकारले फोन कल गर्न पनि ठाउँ निश्चित गरेको छ । त्यहाँ फोनमा पालो पाउन मानिसहरूले तीनचार घन्टा प्रतीक्षा गर्नुपरेको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x