यहाँ अनौठो कारणले गर्दा भेला हुन्छन् ७० हजार सर्प

साउन २९, २०७६

काठमाडौं – क्यानडाको मानिटोबामा प्रत्येक वर्ष लगभग ७० हजार सर्पहरू भेला हुने गरेका छन् । 

सर्पहरू यसरी भेला हुनुमा अनौठो कारण छ । खासमा भाले र पोथी सर्प प्रजननका लागि भेला हुने गरेका हुन् । 


ADVERTISEMENT

सर्प मेलामा गार्टर साँप बढी देखिन्छन् । 

यो अद्भुत दृश्य हेर्नका लागि निकै ठूलो संख्यामा मानिसहरू भेला हुन्छन् । 

नारसिस स्नेक डेन्स नामले प्रसिद्ध यो स्थान अद्भुत छ । गर्मी महिनामा यहाँ भारी मात्रामा सर्पका बच्चा भेटिन्छन् । 

यस विशेष घटनालाई क्यानडाको वन्यजन्तु व्यवस्थापक संस्थाले रेखदेख गर्छ । 

एकै प्रजातिका सर्पहरू यसै ठाउँमा किन भेला हुन्छन् त ? विशेषज्ञहरूका अनुसार, यो ठाउँ सर्पहरूलाई खाना खान र बस्नका लागि अनुकूल छ । तर यस प्रक्रियामा कैयौं सर्पको मृत्यु पनि हुने गरेको छ ।

एजेन्सी

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस