साझा युवा संगठनको प्रारम्भिक समिति : महासचिवमा गौतम

साउन २९, २०७६

काठमाडौँ - लामो समय पत्रकारिता गरेका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आफ्नो आंगिक सङ्गठन साझा युवा संगठनको प्रारम्भिक कमिटी गठन गरेको छ ।

युवा नेता तथा साझा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको उक्त संगठनले सरोज गौतम महासचिव रहने गरी प्रारम्भिक समिति घोषणा गरेको हो । गौतम पेसाले आईटी इन्जिनीर हुन् ।

सुसंस्कृत राजनीतिलाई गाउँगाउँसम्म पुर्याउन साझा युवा सङ्गठनको पूर्ण केन्द्रीय समितिको घोषणा आगामी असोज ५ गते काठमाडौमा गर्ने निर्णय गरिएको छ।

पार्टीको संगठन विभाग प्रमुख केशव दाहालको उपस्थितिमा गठन भएको प्रारम्भिक समितिमा केही विभागीय टोलीहरू समेत निर्माण गरिएको छ ।

जसअनुसार सङ्गठन निर्माण टोलीको नेतृत्वमा इन्जिनीर मनोज पहारी, प्रचार टोलीको नेतृत्वमा जितेन्द्र खतिवडा, विधान लेखन समितिको नेतृत्वमा प्रकृति पहारी, आर्थिक समितिको नेतृत्वमा आरजु लोहनी र लजिस्टिक म्यानेजमेन्टको नेतृत्वमा बुढा मगर रहेका छन् ।

 


ADVERTISEMENT

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस