×

NMB BANK
NIC ASIA

कञ्चनपुरवासीमा सडकले ल्यायो खुशी

साउन २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६५ वर्षीय मानबहादुर साउद गाउँमा सडक सुधार हुँदा निकै खुशी छन्। हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति भई गाउँमै सवारीसाधन पुग्न थालेपछि साउदलगायत बेलडाँडीवासी दुःखका दिन सकिएको अनुभव गर्न थालेका छन् । 

Muktinath Bank

गाउँबाट पूर्व–पश्चिम राजमार्गको कलुवापुर पुग्नका लागि पैदल अढाइ घण्टा लाग्दथ्यो उनले भने,“जनप्रतिनिधि आएपछि वर्षौंदेखि सुधार हुन नसकेको सडक स्तरोन्नति गरिएपछि सवारीसाधनमा चढेर दश मिनेटमै राजमार्गसम्म पुग्न सकिएको छ ।” सडकमा हुने खाल्टाखुल्टी पुर्नका लागि गाउँका सबै जनाले मिलेर भर्ने काम गरे पनि वर्षात्का बेला सडक पुरानै अवस्थामा फर्कने गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यस क्षेत्रका बासिन्दाले सडकको बिग्रँदो अवस्थाका कारण वर्षात् अगावै घरायसी सामानको जोहो मिलाउने गर्दथे । अब त्यो अवस्था रहेन । सडकको स्तरोन्नतिले गाउँको जीवन सहज बनाएको छ”, उनले भने ।  “साधुरो सडक निकै फराकिलो सडक कालोपत्रे र भएको छ । बाह्र महीना सडकमा सहजरुपमा सवारीसाधन गुडने गरी निर्माण गरिएको छ”, उनले भने । सडकको बिग्रँदो अवस्थाका कारण गाउँमा सुत्केरी हुने महिला र गम्भीर बिरामीलाई अस्पताल पुर्‍याउन निकै धौधौ हुने गरेको थियो विगत सम्झै अमरबहादुर साउदले भने । 
सडकसँगै शहरी स्वास्थ्य केन्द्र, विद्यालय, विद्युत्को गाउँमै व्यवस्था भएको छ उनले भने । “अत्यावश्यक कार्यका लागि जिल्ला सदरमुकाम र नगरपालिका कार्यालयसम्म पुग्नका लागि गाउँमै पुग्ने सवारीसाधन चढेर जान सकिने भएको छ” उनी भन्छन् । “यो सबै सडक पुगेर सम्भव भएको हो ।” गाउँ नजिकै भएर बग्ने खोलामा पक्की पुल बन्न लागेको छ । विद्यालय र बस्ती जोगाउनका लागि भरपर्दो तटबन्ध निर्माण गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्राथमिक विद्यालय माध्यमिक भएको छ । गाउँमै रहेको विद्यालयलाई नमूनाका रुपमा बनाउन स्थानीय बासिन्दाले प्रयास जारी राखेका छन् । “गाउँकै विद्यालयमा सबै सुविधा दिइन थालेपछि सबै जनाले टाढाको विद्यालय पढ्नकै लागि पठाएका बालबालिकालाई गाउँकै विद्यालयमै भर्ना गरेका छन्”, सुरतबहादुर साउदले भने ।

Vianet communication
Laxmi Bank

सडककै कारण बेलडाँडी गाउँका बासिन्दाले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनु पर्दथ्यो । बिहानको झिसमिसेमै पैदल स्थानीय बजारमा दूध र तरकारी बेच्न जाने महिला साँझ मात्रै घर फर्कने गर्दथे साउँदले भने, “हाल साइकल, मोटरसाइकल र अन्य ढुवानीका सवारीसाधनमा दश मिनेटमै बजारमा उत्पादित वस्तु बेचेर गाउँका बासिन्दा फर्कने गरेका छन् ।”

सडक सुधारका लागि प्रदेशसभा सदस्य महेशदत्त जोशीको पहलमा प्रदेश सरकारले रु ४१ लाख रकम प्रदान गरेको उनले बताए । पाँच किलोमिटर सडक निर्माणको कार्य ठेक्का प्रक्रियामा पूरा भएको हो । 

प्रदेशसभा सदस्य जोशीले दुर्गमको गाउँ भएकाले तत्कालका लागि केही बजेट विनियोजन भई सडकको स्तरोन्नति गरिएकाले चालू आवमा सडक कालोपत्रेका लागि पहल गरिने बताए । प्रदेश सरकारकै सहयोगमा गाउँमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्यसमेत शुरु गरिएको छ ।

गाउँमै रोजगारीका अवसर सिर्जना गर्नका लागि जडीबुटी प्रशोधन उद्योगसमेत सञ्चालनमा रहेको छ । जडीबुटी उत्पादनमा गाउँका ७० परिवार संलग्न रहेका छन् । चारैतिर नदी र वनजङ्गलले घेरिएको गाउँमा २०० बढी परिवारको बसोवास रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x