दिल्लीका मुख्यमन्त्री केजरीवाल र राजदूत आचार्यबीच भेटवार्ता

साउन २९, २०७६

काठमाडौँ -भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच दिल्लीमा भेटवार्ता भएको छ ।

केजरीवालसँग बुधवार भएको भेटवार्तामा द्वीपक्षीय सम्बन्धका विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले एक ट्वीटमार्फत बताएको छ ।


ADVERTISEMENT

भेटवार्ता सौहार्दपूर्ण रहेको र विभिन्न मुद्दाहरूमा केन्द्रित रहेको केजरीवालले पनि जानकारी दिएका छन् ।

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस