×

NMB BANK
NIC ASIA

'मिसन मंगल' फिल्म समीक्षा : सपना हुन्छन् साकार

साउन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का वैज्ञानिकहरूले मंगलयान मिसनको आरम्भ गरेर एउटा सपना देखेका थिए । फिल्म मिसन मंगल तिनै सपना साँचो भएको कथा हो । 

Muktinath Bank

फिल्मको शुरूआत हुन्छ सन् २०१० मा । इसरोका राकेश (अक्षय कुमार) को नेतृत्वमा जीएसएलभी फ्याट बोय रकेटलाई अन्तरिक्षमा पठाउने तयारी भइरहेको छ । अन्तरिक्षयानमा गडबडी आएका कारण मिसन बीचैमा रोक्नुपर्ने हुन्छ र मिसन फेल हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिसनमा प्रोजेक्ट निर्देशक तारा (विद्या बालन) को नजर हुन्छ र उनकै गल्तीका कारण मिसन फेल भएको हुन्छ । तर राकेशले यसको दोष आफूमाथि लिन्छन् । उनलाई सजायका रूपमा मंगल मिसनमा काम गर्न लगाइन्छ । 


Advertisment
Nabil box
Kumari

मंगलयान मिसनको डिपार्टमेन्टमा गएर राकेशलाई थाहा हुन्छ– त्यहाँ कुनै वैज्ञानिक पनि छैनन् अनि मिसनबाट कसैलाई केही आशा पनि छैन । ताराले उनलाई मंगल ग्रहमा मानिस पुग्न सक्ने विश्वास दिलाउँछिन् । त्यसपति मंगल मिसनको यात्रा शुरू हुन्छ । 

Vianet communication
Laxmi Bank

फिल्मको स्टारकास्ट बलियो छ । अक्षय कुमार अब्सेसिभ टीम लीडर हुन् भने तापसी पन्नु, सोनाक्षी सिन्हा, नित्या मेनन, कीर्ति कुल्हारी, शरमन जोशी र एचजी दत्तात्रेय टीमका अन्य सदस्य हुन्छन् । विद्या बालले टीमलाई एकजुट राख्छिन् । उनले सबैलाई लाइनमा ल्याउँछिन् । 

अक्षय कुमारको काम गजबको छ । तर विद्या बालनले उनलाई धेरै ठाउँमा पछि पारेकी छन् । विद्याको काम र उनका संवाद दर्शकको दिमागमा बस्न पुग्छ । अन्य कलाकारले पनि राम्रो काम देखाएका छन् ।

निर्देशक जगन शक्तिको काम उत्कृष्ट नभएपनि राम्रो चाहिँ छ । उनले विज्ञान, प्रविधि र अन्तरिक्षका कुरालाई सरल भाषामा दर्शकलाई पस्केका छन् । फिल्ममा भावुक पलहरू पनि छन् र क्लाइमेक्समा दर्शकहरू डुब्ने देखिन्छ । 
फिल्ममा दुईवटा गीत छन् दुवै राम्रा छन् । सम्पादन, छायांकन र ग्राफिक्स राम्रा छन् । 

फिल्म अलिक स्लो हुनु चाहिँ कमजोरी हो । पहिलो हाफ त एकदमै स्लो छ तर सेकेन्ड हाफमा गपत बढ्छ र राम्रो लाग्छ । फिल्ममा भएका जोक चाहिँ अझै राम्रो हुनुपर्थ्यो । फिल्म हेर्न नै सिफारिश गरिन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x