मुक्तिनाथ विकास बैंकमार्फत रेमिट्यान्स पठाउँदा तथा पाउँदा विशेष उपहार

भदौ १, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ ज्ञ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ ।

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पूर्ण ग्राहकमध्येबाट ७६ जनाले विभिन्न पुरस्कार पाउने बैंकले जनाएको छ ।


ADVERTISEMENT

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पीकर, २० जनालाई प्रेसर कूकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इञ्चको स्मार्ट एचडी टीभी, ५ जनालाई २ सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप, १ जनालाई स्कूटर वितरण गरिनेछ । भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली)बाट २०७६ मंसिर १५ गते आइतबार ३ बजे यस बैैंकको फेसबूक पेजमार्फत लाइभ गरिने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ । 

देशैभरी ११८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरू उपलब्ध गराउँदै आएको यस विकास बैंकले हालै मात्र क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।


 

भदौ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार