×

NMB BANK
NIC ASIA

दु:ख पाएपछि मिर्गौला बेचेकाहरू रुद्राक्ष खेतीतर्फ आकर्षित

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महिना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोपिन् । अहिले उनको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गाैला बिक्री गरेकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छिन्, 'जीवनमै एकपटक ठूलो गल्ती गरियो, अव रुद्राक्षखेती गरेर घरव्यबहार टार्नेछु ।' 


Advertisment
Nabil box
Kumari

गाउँमै रुद्राक्षको बिरुवा ल्याएका व्यापारीसँग उनले प्रतिबोट रु ७५ मा किनेकी हुन् । 'अब अरु २५ बोट थप रुद्राक्षका बिरुवा रोप्ने विचार गर्दैछु' ती महिला भन्छिन्, 'गाउँका हुनेखानेले रुद्राक्ष रोपेर राम्रो आम्दानी गरेको देखेपछि आफू पनि यो खेतीमा लागेकी हूँ ।'

Vianet communication
Laxmi Bank

उनकै सल्लाहमा मिर्गाैला बिक्री गरेका एक छिमेकी पुरुषले पनि बारीमा २० बोट रुद्राक्ष रोपेका छन् । खेत छैन, बारीमा राम्रोसँग मकै पनि फल्दैन, अब रुद्राक्षबाट केही कमाइएला कि भन्ने आशा पलाएको उनी बताउँछन् ।

आम्दानीको स्रोत पहिल्याउन नसक्दा मिर्गाैला बिक्री गरेर आफूले घातक काम गरेको ती पुरुषको पनि दुःखेसो छ । 

अहिले यो गाउँका मिर्गाैला बिक्री गर्ने १३ जनाले रुद्राक्षखेती थालेका छन् । चार वर्षअघि बिरुवा रोपेका तीन जनाको रुद्राक्ष फल्न शुरू भएको छ । त्यसपछि रोप्नेका रुद्राक्षको बोट हुर्कँदैछ । होक्से र भुम्लुका साथै दोलालघाटका बासिन्दाले पाँच वर्षअघि नमूनाका रुपमा यो खेती थालेकामा मिर्गाैला बिक्री गर्नेहरु पनि अबको केही वर्षमै रुद्राक्षले घरव्यबहार थेग्नेमा विश्वस्त छन् । 

मिर्गाैला बेचेर आफ्नो स्वास्थ्यका साथै घरव्यवहार बिग्रदै गएपछि अघिकांश उनीहरू रक्सीले पीडा भुलाउने गर्थे । ‘आम्दानीको दरिलो स्रोत भेट्टायौँ, अब दायाँबायाँ लाग्दैनौँ’ मिर्गाैला बिक्री गरेका हाक्सेकै अर्का एक पुरुष भन्छन्, 'अब हामी यहीखेती गरेर जीविकोपार्जन गर्छौं ।'

उनी मिर्गाैला बिक्री गरेका अन्यलाई पनि रुद्राक्ष खेतीगर्न सल्लाह दिँदै जाने बताउँछन् ।

स्थानीय समाजसेवी हरिप्रसाद सापकोटा मिर्गाैला बिक्री गर्ने केहीलाई आफूले पनि रुद्राक्षखेती गर्न सल्लाह दिएको बताउँछन् ।

उनी भन्छन्, 'चार वर्षअघि रुद्राक्ष रोप्नेको अहिले उत्पादन शुरू भएको छ ।' सामाजसेवी सापकोटाका अनुसार एक पाथी रुद्राक्षको रु ३०० मा गाउँमै व्यापारीले किन्ने गरेका छन् । 

सोही नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल पनि मिर्गाैला बिक्री गर्नेका परिवारलाई थप आम्दानी गराउने उद्देश्यले मौरीका घार वितरण गरिएको जानकारी दिन्छन् ।

उनी भन्छन्, 'हाललाई प्रतिघर एक घार वितरण गरिएको छ, क्रमैसँग प्रतिघर पाँचवटासम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।' 

आठ दश वर्ष पहिले रुद्राक्ष रोपेका होक्सेका बासिन्दाले वार्षिक १० हजार किलो रुद्राक्षका दाना पशुपति क्षेत्रमा बिक्री गर्दै आएको स्थानीयवासी राममाया तामाङ बताउँछिन् ।

उनी भन्छिन्, 'दुई बोटले मात्रै वर्षमा रू २० हजारसम्म आम्दानी दिन्छ ।' बजारमा एकमुखे, आठमुखे र ११ मुखे रुद्राक्ष बहुमूल्य मानिन्छ । 

एक गैरसरकारी संस्थाको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म होक्सेका २१४ तथा मण्डनदेउपुर नपास्थित ज्याम्दीका ५६ जनाले आफ्ना एउटा मिर्गाैला दलालमार्फत भारतमा गएर बिक्री गरेका थिए ।

केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकबाट २५ वर्ष अघिदेखि मिर्गाैला बिक्री हुनथालेको घटनाक्रमले देखाएको छ ।

साविक होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले नै मिर्गाैला बिक्री गरेपछि २०६८ सालमा उनीहरूले गाउँ नै छाडेका थिए ।

विसं २०७० वैशाखमा मिर्गाैला तस्करीमा संलग्न १० जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्रेपछि यहाँबाट मिर्गाैला तस्करी रोकिँदै गएको हो । राजकुमार पराजुली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x