×

NMB BANK
NIC ASIA

१४औं संस्करणको 'नाडा अटो शो' भदौ १० देखि १५ गतेसम्म

भदौ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालद्वारा यही भदौ १० देखि १५ गतेसम्म सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको एक मात्र भव्य प्रदर्शनीको १४औं संस्करण 'नाडा अटो शो २०१९' आयोजना गरिने भएको  छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीले यस वष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्न सफल भएको छ । यस संस्करणमा पनि शिर्ष प्रायोजक (टाइटल स्पोन्सर) सर्भो वलर््ड क्लास लुब्रिकेन्ट्स रहेको छ भने मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसंग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने विश्वास लिइएको छ । प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनकालागि चाहिने अत्यावशक साधनको रूपमा पनी चित्रण हुन थालेकोे आयोजकको ठम्माई रहेको छ । 


Advertisment
Nabil box
Kumari

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजिन तथा पत्रपत्रिकाहरूका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहने छ । 

Vianet communication
Laxmi Bank

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १६० वटा स्टल र ब्लकहरू रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहने छ । प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याटरी, १४ वटा पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरूको सहभागिता रहेको छ । 

उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरूको छुट्टा–छुट्टै प्रदर्शन  गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरू तथा फुडस्टलहरू  बगैंचामा रहने छन् । बिगतका नाडा अटो शो भन्दा अझ व्यवस्थित बनाउन एवं आगन्तुकहरूको भ्रमणलाई सुविधायुक्त बनाउन सहज आवत जावतकालागि यस वर्ष अस्थाई आकाशे पुलको निमार्ण पनि गरिने भएको छ । पार्किङ्ग स्थलको चरम अभाव भएता पनि प्रर्दशनी अवलोकन गर्न आउने दर्शकका लागी सकेसम्म पर्‍र्याप्त पार्किङ्गको व्यवस्था गरिएको छ ।

६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा लगभग ७५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जि.पि.एक्स. जेन्टलमेन २०० सि.सि. क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x