भगौडा सैनिकलाई जेल हाल्दा विरोध !

भदौ २, २०७६

सशस्त्र द्वन्द्वमा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादीमा लागेकाहरुलाई सैनिक अदालतले जेल सजाय गर्न थालेकोप्रति सत्तारुढ नेकपाले गम्भीर असन्तुष्टि जनाएको छ । 

पार्टीका प्रमुख सचेतक देव गुरुङले आइतबार प्रतिनिधिसभामा गोरखा आरुघाट ९ का शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष जेल सजाय सुनाएकामा विरोध जनाए । उनले यो कदम संविधान र शान्ति सम्झौताविपरित भएको दाबी गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।  
 


ADVERTISEMENT

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार