कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
जनकपुरधाम – मुद्दा अनुसन्धानमा खटिएका प्रहरीभन्दा बलात्कारको अभियोगमा पक्राउ परेका थुनुवा चलाख भएर फरार भए । एकातिर थुनुवा फरार भए भने अर्काे अनुसन्धानमा खटिएका असईको जागिर धरापमा पर्यो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनामा रहेका अभियुक्त राममणि यादव फरार भएपछि प्रहरी सहायक निरीक्षक (असई) रामकुमार भण्डारीमाथि छानबिन भइरहेको छ । बलात्कारका अभियुक्तमाथि छानबिन गर्दागर्दै अभियुक्त फरार भएपछि असई नै छानबिनको दायरामा परेका छन् ।
असई भण्डारीलाई निलम्बन गरेर थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ की १३ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका छोपेर दिउँसै बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले राममणि यादवलाई पक्राउ गरेको थियो । २०७६ साउन २६ गते उनको छिमेकमै बस्दै आएका यादवले बालिकालाई बलात्कार गरेको अभियोगमा धनुषा प्रहरीले घटनाको भोलिपल्टै पक्राउ गरेको थियो ।
सिरहाको अर्नामा गाउँपालिका–३ का यादव जनकपुर उपमहानगर–८ मा पीडित बालिकाको छिमेकमै डेरा लिएर बस्दै आएका थिए । पक्राउपछि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा अभियुक्त यादवलाई ल्याएर राखियो । धनुषा जिल्ला अदालतबाट अनुसन्धान गर्नका लागि साउन २८ गते प्रहरीले म्याद थप पनि गरायो । साउन २९ गते सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयानका लागि फेरि जिल्ला प्रहरी कार्यालयकै अपराध अनुसन्धान शाखामा पुर्याइयो ।
उनीसँगै अर्काे मुद्दाका अभियुक्तलाई समेत सँगै एउटै हत्कडी लगाएर अनुसन्धान शाखामा बयानका लागि पुर्याइएको थियो । केही समयपछि अर्का प्रतिवादीलाई हत्कडीसहित थुनुवा कक्षमा फिर्ता ल्याइयो र बलात्कार मुद्दाका अभियुक्त यादवलाई विना हत्कडी असई भण्डारीको टेबुल अगाडि राखियो ।
साउन २९ गते दिउँसो करीब १२ बजे असई भण्डारीले अभियुक्त यादवसँग बयान लिइरहेको थियो । बयानका क्रममा भण्डारीले ७ वटा प्रश्नको बयान समेत लिइसकेका थिए । बयान कम्प्यूटरमा टाइप पनि गरिसकेका थिए । ‘बलात्कार कसरी भयो भन्ने कुराको मूल प्रश्न गर्नका लागि उनले मिसिलको थप अध्ययन गर्न थालेपछि प्रतिवादीले उनलाई चक्मा दिएर फरार भएका रहेछन्,’ अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायव निरीक्षक बिगन यादवले भने ।
उनी मिसिल अध्ययन गर्दै गरेको अवस्थामा अनुसन्धान शाखामा रहेको भीडभाडको फाइदा उठाउँदै चक्मा दिएर प्रतिवादी यादव भागेको सई यादवले लोकान्तरलाई बताए । ‘५ मिनेटकै समयभित्र प्रतिवादी भागेको कुरा हामीले जानकारी पायौं तर उनी हत्कडी विना नै रहेका कारण भाग्न सफल भए,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक कार्कीले भने, ‘त्यसपछि उनलाई खोज्न तीव्र प्रयास गरिएपनि पक्राउ गर्न सफलता हात लागेन ।’
फरार भएका यादवलाई खोजी गर्नका लागि जनकपुरमा उनी बस्ने डेरा, उनका आफन्तको घर, विभिन्न नाका, सिरहासहित भारतीय काउन्टर पार्टको समन्वयमा भारतमा समेत खोजतलासलाई तीव्र पारिएको भएपनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।
‘छानबिनका क्रममा अभियुक्त यादवलाई भगाउन बयान लिइरहेका असई भण्डारीको बदनियत भने देखिएको छैन । लापरवाहीका कारण भागेको देखिन्छ,’ डीएसपी कार्कीले भने, ‘लापरवाही देखिएकै कारण अभियुक्त भागेकै दिन असई भण्डारीलाई निलम्बन गरिएको हो ।’ अभियुक्त यादव भाग्न सफल भएपनि उनलाई पक्राउ गरेरै छाडिने डीएसपी कार्कीले बताए ।
अभियुक्त भागेपछि अनुसन्धान शाखालाई व्यवस्थित बनाइएको छ । अनुसन्धान शाखाका सई बिगन यादवका अनुसार १ दिनमा औसतमा कम्तिमा पनि १ सय जनालाई शाखामा बयानदेखि विभिन्न कागज गर्नका लागि ल्याउने गरिन्छ । मुद्दाको चाप पनि बढी भएकाले शाखामा भीडभाड हुने गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...