माधव कमरेडसँग मलाई ईर्ष्या लाग्छ – प्रचण्ड

फाइल फोटो
भदौ २, २०७६

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल 'प्रचण्ड'ले वरिष्ठ नेता माधवकुमार नेपाल बोलेको देखेर आफूलाई ईर्ष्या लाग्ने गरेको बताएका छन् ।

सोमवार जनकपुरधामस्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेता नेपालले आफू पहाडी भएपनि भोजपुरी र मैथिली बोल्न जानेको र त्यसमा आफूलाई ईर्ष्या लाग्ने गरेको बताएका हुन् ।


ADVERTISEMENT

'माधव कमरेड बोल्दा मलाई ईर्ष्या भयो,' प्रचण्डले भने, 'उहाँ पहाडी भएपनि मैथिली र भोजपुरी बोल्नुहुन्छ । म बुझ्न त बुझ्छु तर बोल्न सक्दिनँ ।'

प्रचण्ड शहीद यादवको स्मृति दिवसका अवसरमा बरमझिया पुग्ने गर्छन् ।

'म प्रत्येक वर्ष यहीँ आएर बोल्ने गरेको छु,' उनले भने, 'तपाईंहरूले बुझ्नुहुन्छ भन्ने लाग्छ ।'

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार