५ हजार फीट माथि प्यारासुटबाट हाम्फाल्ने क्रममा नियन्त्रण गुमाएर भुइँमा बजारिए यी व्यक्ति (भिडियो)

भदौ २, २०७६

काठमाडौं – बेलायतको सैन्य प्यारासुट डिस्प्ले टोलीका एक सदस्यले ५ हजार फीट अग्लो ठाउँबाट हाम्फाल्ने क्रममा नियन्त्रण गुमाएका छन् । 

नाम नखुलाइएका ती प्यारासुट चालकलाई भाग्यवश सामान्य चोटपटक मात्र लागेको छ । 


ADVERTISEMENT

भिडियोमा प्यारासुट जम्पर फनफनी घुमेर भुइँमा बजारिएको देखिन्छ । 

यो घटना ईस्ट ससेक्सको ईस्टबोर्नमा गत शुक्रवार भएको हो । अन्य प्यारासुट जम्परहरू समुद्रमा अवतरण गरेका थिए । 

साउथ वेल्सको ट्रेडेगार नामक स्थानका डेनियल ब्लकसिजले घटनाको भिडियो खिचेका हुन् । उनी परिवारका साथ एयर शो हेर्न गएका थिए । 

एजेन्सी
 

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार