×

NMB BANK
NIC ASIA

कर्मचारीको उमेर हद ६० वर्ष, न्यायाधीश अधिकारीद्वारा राजीनामा

भदौ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । 

Muktinath Bank

    गत वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गत वर्ष सोही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यस्तै आइतबारसम्म प्रदेश नं १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गत वर्ष ९४.४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश नं २ मा गत वर्षको तुलनामा झिनो मात्रामा रोपाइँ बढेको छ । प्रदेश नं २ मा गत वर्ष ९३.१७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९३.३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

    प्रदेश नं ३ मा पनि गत वर्षको तुलनामा रोपाइँ बढेको छ । गत वर्ष ९४.२२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । सो प्रदेशमा गत वर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाइँ भएको छ । 

Vianet communication
Laxmi Bank

    यसैगरी प्रदेश नं ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गत वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । 
    
    पूर्व क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नं १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढ्ता वर्षा भएको मौसम पूर्वानुमान विभागले जनाएको छ । 

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले  बगाएकाले राजमार्ग अवरुद्ध भएको हो । अहिले पनि खोलामा पानीको मात्र बढिरहेकाले ‘डाइभर्शन’ मर्मतको काम प्रभावित भएको छ ।
 
    यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लामो लाइन भएको छ । राजमार्ग अवरुद्ध हँुदा यात्रुलाई सास्ती भएको छ । डाइभर्शन निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । 

घुस लिएको आरोपमा पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । 

    दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ । 

    प्रहरी जवान बलायर र साउदलाई जनही रु एक÷एक लाख बिगो माग गर्दै सोमबार ै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
कर्मचारीको उमेर हद ६० वर्ष
काठमाडौं– निजामति कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ । संघीय निजामती सेवाका
 गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो । 
अहिले उमेर हद ५८ वर्ष रहेको छ।  विधेयक संसदमा दफादार छलफलको अन्तिम अवस्थामा पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।  

न्यायाधीश अधिकारीद्वारा राजीनामा

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्  । 
      
    न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।  प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ ।

असईको जागिर धरापमा 
मुद्दा अनुसन्धानमा खटिएका प्रहरीभन्दा बलात्कारको अभियोगमा पक्राउ परेका थुनुवा चलाख भएर फरार भए । एकातिर थुनुवा फरार भए भने अर्को अनुसन्धानमा खटिएका असईको जागिर धरापमा पर्योउ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनामा रहेका अभियुक्त राममणि यादव फरार भएपछि प्रहरी सहायक निरीक्षक (असई) रामकुमार भण्डारीमाथि छानबिन भइरहेको छ । बलात्कारका अभियुक्तमाथि छानबिन गर्दागर्दै अभियुक्त फरार भएपछि असई नै छानबिनको दायरामा परेका छन् ।


असई भण्डारीलाई निलम्बन गरेर थप अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ की १३ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका छोपेर दिउँसै बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले राममणि यादवलाई पक्राउ गरेको थियो । २०७६ साउन २६ गते उनको छिमेकमै बस्दै आएका यादवले बालिकालाई बलात्कार गरेको अभियोगमा धनुषा प्रहरीले घटनाको भोलिपल्टै पक्राउ गरेको थियो ।

सिरहाको अर्नामा गाउँपालिका–३ का यादव जनकपुर उपमहानगर–८ मा पीडित बालिकाको छिमेकमै डेरा लिएर बस्दै आएका थिए । पक्राउपछि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा अभियुक्त यादवलाई ल्याएर राखियो । धनुषा जिल्ला अदालतबाट अनुसन्धान गर्नका लागि साउन २८ गते प्रहरीले म्याद थप पनि गरायो । साउन २९ गते सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयानका लागि फेरि जिल्ला प्रहरी कार्यालयकै अपराध अनुसन्धान शाखामा पुर्यालइयो ।

उनीसँगै अर्को मुद्दाका अभियुक्तलाई समेत सँगै एउटै हत्कडी लगाएर अनुसन्धान शाखामा बयानका लागि पुर्या्इएको थियो । केही समयपछि अर्का प्रतिवादीलाई हत्कडीसहित थुनुवा कक्षमा फिर्ता ल्याइयो र बलात्कार मुद्दाका अभियुक्त यादवलाई विना हत्कडी असई भण्डारीको टेबुल अगाडि राखियो । 

साउन २९ गते दिउँसो करीब १२ बजे असई भण्डारीले अभियुक्त यादवसँग बयान लिइरहेको थियो । बयानका क्रममा भण्डारीले ७ वटा प्रश्नको बयान समेत लिइसकेका थिए । बयान कम्प्यूटरमा टाइप पनि गरिसकेका थिए । ‘बलात्कार कसरी भयो भन्ने कुराको मूल प्रश्न गर्नका लागि उनले मिसिलको थप अध्ययन गर्न थालेपछि प्रतिवादीले उनलाई चक्मा दिएर फरार भएका रहेछन्,’ अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायव निरीक्षक बिगन यादवले भने ।

उनी मिसिल अध्ययन गर्दै गरेको अवस्थामा अनुसन्धान शाखामा रहेको भीडभाडको फाइदा उठाउँदै चक्मा दिएर प्रतिवादी यादव भागेको सई यादवले  बताए ।

वाणिज्य बैंकको लगानी 

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कर्जा परिचालन गरेको छ । 

    सरकारले प्राथमिकतामा राखेका क्षेत्रलाई केन्द्रमा राखेर कर्जा परिचालन गरेको र त्यसले बैंकको कार्यक्षेत्रलाई समेत थप विस्तार गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा मात्रै रु पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । सो अवधिमा बैंकले रु एक खर्ब ९० अर्ब निक्षेप सङ्कलन गरेको छ । यस्तै रु एक खर्ब ४४ अर्ब कर्जा प्रदान गरेको छ । 

    बैंकमा सोमबार  आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सातै प्रदेश, ७७ जिल्लाका २२२ शाखा कार्यालय, १७५ एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरेको जानकारी दिए ।     
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x