जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं – रोमानियाको एक मानसिक अस्पतालमा एक रोगीले सलाइन पानी चढाउने स्ट्यान्डले हिर्काएर पाँचजनाको हत्या गरेका छन् अनि कैयौंलाई घाइते बनाएका छन् ।
सापोका शहरको अस्पतालमा आइतवार ३८ वर्षीय मानसिक रोगीले तीनजनालाई घटनास्थलमै मारेका थिए ।
दुई अन्य व्यक्तिको उपचारका क्रममा मृत्यु भयो ।
अस्पतालका कर्मचारीले लापरवाही गरेकाले यो घटना भएको भन्दै अधिकारीहरूले उनीहरूविरुद्ध फौजदारी अभियोग लगाउने सम्बन्धमा विचार गरिरहेका छन् ।
अस्पताल व्यवस्थापक भियोरिका मिहालास्कुले घटनापछि राजीनामा दिइन् । यो सब घटना एक मिनेटभित्र भएको उनको भनाइ छ ।
मिहालास्कुले रोगीको लक्षण हेर्दा उनले यो घटना गराउन सक्ने जस्तो नलागेको बताइन् ।
प्रोटीभीका अनुसार, ती आक्रमणकारी घटनापछि भाग्न खोजेका थिए तर उनलाई एक प्रहरी अधिकारीले रोकेका थिए ।
रोगीहरूलाई लट्ठ्याएर राखिएको वा उनीहरू ओछ्यानमा पल्टिएको अवस्थामा अस्पतालका दुईवटा कोठामा यो आक्रमण गरिएको थियो ।
आक्रमणकारीलाई बिहीवार मात्र मदिरा सेवनको समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो । उसलाई सही औषधि दिइएको नदिइएको कुरा खुलेको छैन ।
उनलाई निगरानी कक्षमा राखिएको तर अर्को रोगी आएपछि अन्तै सारिएको थियो ।
आक्रमणको मकसद खुलेको छैन ।
एजेन्सी
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...