कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा काठमाडौं उपत्यकाको सडकको अवस्था, विश्व विद्यालयका पदाधिकारीको नियुक्ति, कर्मचारी भर्नामा समानुपातिक र समावेशी सिद्धान्तलगायतका विविध विषयबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले तुलानात्मक सुधार भए पनि सन्तोष गर्ने अवस्था नभएकाले काठमाडौं उपत्यकाभित्रका सडक सुधारमा आवश्यक ध्यान पुर्याउन सरकारलाई सुझाव दिए ।
उनले भने, “कलङ्की–नागढुङगा क्षेत्रमा क्षतिपूर्तिसम्बन्धी माग सम्बोधन हुन नसक्दा सडक विस्तार कार्य अघि बढन सकेको छैन, चावहिल–जोरपाटी क्षेत्रको सडकले राज्यलाई जिस्क्याइ रहेको छ ।”
उपत्यकालाई वातावरण मैत्री बनाउन यहाँका सडकमा अनिवार्य रूपमा साइकल लेनको व्यवस्था गरिनुपर्ने उनको सुझाव थियो ।
सांसद भिमसेनदास प्रधानले भागबण्डाका आधारमा विगतमा पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिले विश्वविद्यालयको प्राज्ञिक छवि ध्वस्त भएको हुँदा अब प्राज्ञिक र ज्येष्ठताका आधारमा पदाधिकारीको नियुक्ति गर्ने व्यवस्था होस्, भने ।
सांसद अमृता अग्रहरिले सरकारले तराई मधेशका जनताको आवाजलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै तराई मधेश आन्दोलनको सत्यतथ्यका लागि गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको माग गरिन् ।
सांसद प्रदीप यादवले लोकसेवा आयोगले संविधानको भावना, सामानुपातिक र समावेशी सिद्धान्त विपरीत निकालेको विज्ञापन खारेजीको माग गरे । सांसद रेनुका गुरुङले काठमाडौं तराई द्रूतमार्गलाई अघि बढाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नहुँदा अप्ठेरो परेकाले छिटो स्वीकृतिका लागि ध्यानाकर्षण गराए ।
सांसद तेजुलाल चौधरीले कोशी ब्यारेज बनाउँदा प्रभावित भएका सुनसरी, सप्तरी र उदयपुरका पीडित किसानलाई अहिलेसम्म क्षतिपूर्ति उपलब्ध गराउने काम किन भएन भनी प्रश्न गर्दै यथाशीघ्र पीडितको माग सम्बोधन होस् भने ।
सांसद राजेन्द्र गौतमले बाढीपहिरो र डुबानबारे संसदीय समितिले गरेको अध्ययन प्रतिवेदन अपूरो र अधूरो रहेकाले सच्याएर ल्याउन सुझाव दिए ।
सांसद देवप्रसाद तिमिल्सिनाले संसद्कै शून्य र विशेष समयमा उठाइएका विषयलाई सम्बोधन हुने व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराउँदै जुम्लामा विद्युत् सञ्चालन गर्ने तर्फ सरकारको ध्यान जाओस् भने ।
सांसद कल्याणी खड्काले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले गरेको अग्लो बाँधले बर्सेनि रौतहटका दक्षिणी भागका धेरै जसो जलमग्न भई नेपालीले सास्ती खेप्नु परेकोतर्फ राज्यले विशेष चासो दिन आवश्यक छ, भनिन् ।
सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित हुने ढङ्गबाट क्रियाकलाप भइरहेको बताए ।
सांसद प्रेम सुवालले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन फिर्ता लिन सरकारलाई सुझाव दिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...