बालुवाटारमा सर्वदलीय बैठक, असन्तुष्ट नेकपा नेता नेपालले गरे बहिष्कार

भदौ ३, २०७६

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ ५ बजे बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।

तर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट मानिएका वरिष्ठ नेता माधवकुमार नेपालले उक्त बैठक बहिष्कार गरेका छन् ।


ADVERTISEMENT

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी छन् । यसअघि नेकपाको सचिवालय बैठकमा आफ्ना प्रस्तावहरूमाथि कुनै छलफल नभएपछि नेता नेपालले ७ बुँदे फरकमत सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गरेका थिए ।

बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले केही दिन अघि संसदमा बोल्दै एक हप्ताभित्र पदाधिकारीहरू नियुक्त हुने बताएका थिए ।

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गर्नेसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ । जयशंकर बुधवार (भोलि) नेपाल आउँदैछन् ।

स्वास्थ्य उपचारका लागि बिहीवार प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्नुभन्दा अगाडि सर्वदलीय बैठक बोलाइएको हो । 

भदौ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार