कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सिञ्जा – जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ ।
पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ ।
पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैंचामा करीब साढे ४४ हजार बोट रोपिएको तथ्यांक कृषि ज्ञान केन्द्रले देखाएको छ ।
स्याउँको सम्भावनालाई उजागर गर्न दोस्रोपटक यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ हुने भएको छ । स्थानीय स्तरमा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म चिनाउन स्याउ सम्मेलन गर्न लागिएको हो ।
भदौ १४ गते जुम्ला स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिए । आयोजक कान्जिरोवा टाइम्सले स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुर्याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाएको छ ।
आयोजक कान्जिरोवाका निर्देशक कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेर स्याउ महोत्सव गर्न लागिएको बताए । उनका अनुसार जुम्ला स्याउबाट आत्मनिर्भर बन्दै गएको छ ।
जुम्लालाई ‘एप्पल टुरिज्म’का रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको उनले बताए । देश तथा विदेशमा स्याउप्रतिको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
एक दिनको महोत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिने समेत कार्कीले जानकारी दिए । सदरमुकाम खलंगामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लामा फल्ने विभिन्न १ दर्जन बढी प्रजातिका स्याउबाट बन्ने विभिन्न किसिमका परिकार रहने छन् । यसमध्ये करीब दुईतिहाइ रेड र गोल्डेन डेलिसियस जातका स्याउका परिकार विषेश आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।
पछिल्ला ३ वर्षयता जुम्लामा शुरू गरिएको इटालियन फिजी स्याउ पनि स्टलमा राखिने कार्कीले जानकारी दिए । स्याउसम्बन्धी सम्पूर्ण जानकारी दिन स्याउ सूचना केन्द्र स्थापना गरिने छ ।
विभिन्न स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । डकुमेन्ट्री एण्ड पोष्टरिङ बाल क्रियाकलाप र एप्पल ट्री प्रदर्शन नै स्याउ महोत्सवका आकर्षण हुन् । यही सम्भावनालाई उजागर गर्न जुम्लामा पहिलोपटक गत वर्ष भदौ १६ गते स्याउ महोत्सव गरिएको थियो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...