×

NMB BANK
NIC ASIA

गोठ निर्माणसहित उन्नत जातका बाख्रा वितरण

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुमपूर्व – भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गाबाङका ७ घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै ६/६ उन्नतजातका बाख्रा वितरण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ । युनाइटेड मिसन टु रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को प्रविधिक सहयोगमा बाख्रा वितरण गारिएको हो ।


Advertisment
Nabil box
Kumari

गाबाङका विपन्न परिवार, महिला, व्यवसाय गर्न इच्छुक तथा बाख्रापालन व्यवसायसम्बन्धी तालीम लिएका सात घरपरिवार छनोट गरी प्रत्येक घरपरिवारलाई गोठ निर्माण गरिदिएको र ६/६ वटाका दरले बाख्रा वितरण गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताए ।

Vianet communication
Laxmi Bank

उनीहरूको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले अनुदानमा गोठ निर्माणसहित बाख्रा वितरण गरिएको उनले बताए । १ महिनाअघि नै ४० सम्म बाख्रा अटाउन सक्ने गोठ तयार बनाइसकेको मिक नेपालले जनाएको छ । प्रत्येक गोठ निर्माणका लागि ५४ हजार रुपैयाँ र बाख्रा खरीदका लागि ५० हजार रुपैयाँ खर्च भएको छ । 

१ घरलाई १ लाख ४ हजार रुपैयाँ बराबरको लगानी गरिएको छ । अनुदानमा गोठ निर्मानसँगै बाख्रा पाएपछि कृषक हर्षित भएका छन् । ज्योति बुढाले भनिन्, ‘अनुदानमा गोठ र बाख्रा पायौं, अब व्यावसायिकरुपमा बाख्रा पाल्छौं र यसैबाट जीविकोपार्जन गर्छौं ।’

आफूहरूमाथि गरिएको यो लगानीलाई खेर जान नदिने उनीहरूले बताएका छन् । जिल्लामा खसीबोकाको मासुको माग बढ्दै गइरहेका बेला बाख्रापालन व्यवसायबाट राम्रो लाभ लिन सकिने मिक नेपालका अध्यक्ष घर्तीले बताए ।

लेखा परीक्षण शुरू

रुकुमपूर्वमा लेखा परीक्षण शुरू भएको छ । जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहको लेखा परीक्षण शुरू गरिएको हो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा जिल्लामा हुने लेखा परीक्षण यही भदौ ३० गतेसम्म चल्ने बताइएको छ । 

लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयबाट जिल्लामा आएको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुमकोटमा डोर कार्यालय स्थापना गरेको छ ।

संघीयताले जन्माएको नयाँ जिल्ला रुकुमपूर्वमा सरकारी कार्यालय स्थापना भएसँगै लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयको टोली रुकुमपूर्व पुगेको प्रजिअ शर्माले बताए । लेखा परीक्षणका लागि महालेखा परीक्षक निर्देशक कृष्णप्रसाद ज्ञवाली, लेखा परीक्षण अधिकारी लुमविक्रम शाही, लेखा परीक्षण अदिक्षक फुलमाया लामा र सविन पङ्गेनीसहितको टोलीले लेखा परीक्षण गर्ने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x