कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडौं – बाबा राम रहीम र आसाराम बापूपछि हरियाणाका अन्य एक बाबाविरुद्ध महिलामाथि यौन शोषणको र नाबालकमाथि बलात्कारको आरोप लागेको छ ।
हरियाणाको गुरुग्रामस्थित बहेडा कला गाउँमा बाबा ज्योतिगिरी महाराजमाथि अनेकौं महिलामाथि यौन शोषणको आरोप छ । उनीविरुद्ध उजुरी दर्ता गरिएको छ ।
बाबा ज्योतिगिरीका अश्लील भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । गुरुग्राम पुलिसको साइबर सेलले भिडियो जाँचिरहेको छ । भिडियो शेयर गर्नेहरूका विरुद्ध एफआईआर पनि दर्ता गरिएको छ ।
भिडियो भाइरल भएपछि बाबा आश्रमबाट गायब छन् । एक पीडित महिलाले प्रहरीसमक्ष उजुरी दर्ता गरेकी छन् ।
ज्योतिगिरी महाराज पहिला आईएएस अधिकारी रहेको र पछि वैरागी बनेको बताइएको छ । यसको पुष्टि भने भएको छैन । देशभरि यस बाबाका आश्रम छन् । हरियाणामा उनी गौशाला पनि चलाउँछन् ।
उज्जैन, काशी, गुरुग्राम र हरिद्वारमा पनि बाबाका आश्रम छन् । यौन शोषणको घटना सार्वजनिक भएपछि धेरै मानिसले बाबाविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग गरे र आश्रम पनि बन्द गर्न भने । तनाव बढ्ने देखिएपछि आश्रम वरिपरि प्रहरीको निगरानी बढाइएको छ ।
हरियाणा सरकारका अनेकौं मन्त्री र नेता बाबा ज्योतिगिरीको नजिक भएकाले उनीविरुद्ध कुनै कारवाही नभएको बताइएको छ ।
फरार बाबालाई पक्राउ नगरुन्जेल आश्रम रहेको गाउँका मानिसले विरोध प्रदर्शन गरिरहने बताएका छन् ।
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...