नेकपाको सचिवालय बैठक शुरू, नेता नेपालको असहमति औपचारिक रूपमा पेश हुँदै

भदौ ४, २०७६

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

मंगलवार बस्ने भनिएको बैठक तयारी नपुगेकाले बुधवारलाई सारिएको थियो ।


ADVERTISEMENT

बुधवार दिउँसो शुरू भएको बैठकमा पोलिटब्युरो र विभिन्न आयोग गठनबारे छलफल हुने बताइएको छ ।

जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास संगठनको एकता घोषणा हुन बाँकी छ ।

शुक्रवारको बैठकमा नेता माधवकुमार नेपालले आफ्नो लिखित असन्तुष्टि पेश गर्नेछन् । मंगलवार बैठक बस्न नसकेपछि सञ्चारमाध्यममार्फत नेता नेपालले ७ बुँदे असहमति सार्वजनिक गरेका थिए । 

यसअघि शुक्रवार र आइतवार बसेको बैठकमा नेता नेपालको प्रस्ताव छलफल भएको थिएन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ल्याएका प्रस्तावहरू भटाभट छलफल र पारित भएपछि नेता नेपालले आफ्नो प्रस्तावउपर पनि छलफल गरिनुपर्ने माग राखेका थिए । 

आफ्नो वरीयता एक तह तल झरेपछि नेता नेपाल ‘फायर’ भएका हुन् । अध्यक्षद्वयले पार्टीलाई आफूखुशी गरेको भन्दै नेता नेपालले लिखित असहमति पेश गर्ने भएका हुन् ।

भदौ ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार