कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
भदौ ४, २०७६
काठमाडौं – भारत सरकारले कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० खारेज गर्ने निर्णय लिएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आलोचना खेप्नु परिरहेको छ ।
पाकिस्तानको संयुक्त बहुदलीय सम्मेलनले इमरान सरकारमाथि अन्तर्राष्ट्रिय षड्यन्त्र अन्तर्गत कश्मीर बेचेको आरोप लगाएको छ । उनीहरूले सरकार हटाउनका लागि इस्लामाबाद घेर्ने रणनीति बनाएका छन् ।
डन पत्रिकामा छापिएको समाचारअनुसार, सम्मेलनका संयोजक तथा जमीयत उलेमा ए इस्लाम एफका प्रमुख मौलाना फजलुर रहमानले सबै विपक्षी दल इस्लामाबाद जाने निर्णय लिएको बताएका छन् ।
सम्मेलनको बैठकमा ठूला दल पाकिस्तान पीपुल्स पार्टी र पाकिस्तान मुस्लिम लीग–नवाजका नेता पनि उपस्थित थिए ।
संयुक्त संघर्ष समितिले अगस्ट २६ मा मागपत्र लिएर जाने र सम्मेलनको अर्को बैठक अगस्ट २९ मा बस्ने मौलाना फजलले जानकारी दिए ।
उनले भने, ‘विपक्षीहरूले आज अभियान शुरू गरेको छ र सरकारलाई सत्ताच्युत गराएर मात्र यो अभियान टुंगिनेछ ।’
उनले थपे, ‘कश्मीरका विषयमा निर्णय प्रधानमन्त्री इमरान खानले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटघाटकै क्रममा लिएका हुन् भन्ने अहिलेको परिस्थितिले देखाउँछ । भारतले कश्मीरका विषयमा कुनै कदम चालेमा
पाकिस्तान चुप रहने सहमति गरिएको हुनुपर्छ । पाकिस्तानका मानिस र कश्मीरीहरू अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार बनेका छन् । सरकार यसमा जिम्मेवार छ । शासकहरूले कश्मीरीहरूको पिठ्युँमा छुरा धसेका छन् ।’
एजेन्सी
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...