×

NMB BANK
NIC ASIA

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल घरैमा नजरबन्द

भदौ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका विदेशमन्त्री एस जयशङ्कर नेपालको दुईदिने भ्रमणमा आएको विषयलाई लिएर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झन्डा देखाउने कार्यक्रम राखेकोमा अभियन्ता फणीन्द्र नेपाललाई उनकै घरमा नजरबन्द गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल बस्ने घरको ढोकाछेउमा प्रहरी भ्यानसहित बर्दीधारी पाँचजना र सादा पोशाकका चारजना प्रहरी तैनाथ गरी उनलाई अघोषित नजरबन्द गरेका कारण उनले विमानीथलमा कालो झण्डा देखाउन पाएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संविधानले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने अधिकार प्रदान गरेको भए पनि गृह प्रशासनले त्यसको पालना नगरी कायरतापूर्ण व्यवहार देखाएको भन्दै नेपालले सरकारको भर्त्सना गरेका छन् । 


Advertisment
Nabil box
Kumari

फणीन्द्र नेपालले विज्ञप्ति जारी गर्दै लेखेका छन् :

Vianet communication
Laxmi Bank

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले शुरूदेखि नै नेपालको वास्तविक सिमाना टिस्टादेखि सतलजसम्म हो भन्ने कुरा सप्रमाण भन्दै आएको छ भने यो मोर्चा आफ्नो स्थापनाकालदेखि नै नेपाली जनताको स्वाभिमानको रक्षाका निम्ति पनि लड्दै आइरहेको छ । आज यो देशको गृहप्रशासनले शान्तिपूर्ण क्रियाकलाप गर्न पाउने मेरो मानव अधिकारको हनन मात्र गरेको छैन, व्यक्तिका आधारभूत र नैसर्गिक अधिकारलाई प्रहरीका बुटमुनि थिलथिलो पारिदिएको छ । तर मुलुकको अस्मिताको रक्षा गर्न चाहने व्यक्ति प्रहरीको दमनबाट डराउँदैन न उसको विचारलाई प्रहरीको घेरामा राखेर  कैद गर्न सकिन्छ । यदि मलाई थुन्दैमा र मेरो बाटोमा अवरोध पुर्‍याउँदैमा बहुसंख्यक नेपाली जनमानसमा रहेको भारतप्रतिको घृणा कम हुन्छ भन्ने ठानेको छ भने त्यो नेपाल सरकारको सङ्कुचित दृष्टिकोण मात्रै हो । 

नेपाल र भारतबीचको सम्बन्धमा विशाल खाडलहरू छन् र ती खाडल पुर्ने हो भने नेपालले ठूलो जोखिम उठाउन सक्नुपर्छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले उठाउँदै आइरहेको नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिनबाट भारतले आफ्नो उपनिवेश अन्त्य गर्नुपर्छ भन्ने माग संबोधन नभएसम्म नेपाल र भारतबीच सम्बन्ध सुदृढ हुने कुरै छैन । त्यस्तै २०७२ सालमा आएको अत्यन्त शक्तिशाली भूकम्पपछि हामी नेपाली तङ्ग्रिन नपाउँदै  २०७२–७३ सालमा भारतले नेपालविरुद्ध  लगाएको आर्थिक नाकाबन्दी पूर्णरूपमा गलत थियो भनी नेपाली जनतासमक्ष भारत सरकारले माफी नमागेसम्म नेपाल–भारतबीच सम्बन्ध सुदृढ हुनै सक्तैन ।

आज बिहान ९ बजेदेखि प्रहरी परिचालन गरी मलाई मेरो  निवासमै नजरबन्दको अवस्थामा राखेका कारण भारतीय विदेशमन्त्री एस जयशङ्करलाई कालो झन्डा देखाउने कार्यक्रम सम्पन्न हुन नसकेकोमा मेरो फेसबूक वालमार्फत नै एस जयशङ्करका नाममा कालो झन्डा हल्लाएर तीव्र विरोध जनाउँछु । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x