×

NMB BANK
NIC ASIA

मुख्य समाचार

प्रहरीबाटै असुरक्षित रहेको रवि लामिछानेको दाबी, गोँगबुको होटलमा मृत भेटिए जोडी

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् । 
    
    नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिवसीय भ्रमणमा रहेका भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम् जयशङ्करले बुधबारअपराह्न प्रधानमन्त्री ओलीसँग भएको भेटपछि आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।  “सम्माननीय प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री जयशङ्करले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगतरुपमा पनि निर्णय गर्न सहज एवं सकारात्मक वातावरण बनेको बताउनुभयो”, बैठकमा भएको छलफलका विषयवस्तुबारे जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताए । 

Muktinath Bank

    प्रधानमन्त्री ओलीले  पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए । 
 भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति उनले आभार व्यक्त गरे । सो अवसरमा भारतीय बाह्यमामिलामन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवं गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पु¥याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गरेको जानकारी दिएका थिए ।    
    दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत भेटमा दुवै पक्षबाट प्रकट भएको थियो । एक जिज्ञासाको जवाफमा सल्लाहकार भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण हुने जानकारी दिए ।  
    
नेपाल–भारत संयुक्त आयोगको बैठक 
    नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक बुधबारसाँझदेखि  प्रारम्भ भएको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    तीन वर्षपछि भएको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरवलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 


Advertisment
Nabil box
Kumari

पुनःनिर्माणका लागि रु दुई अर्ब ४५ करोड
    
    बैठककै क्रममा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले रु दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरे । 

Vianet communication
Laxmi Bank

    यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि रु ८१ करोडको चेक नेपाल सरकारलाई हस्तान्तरण भएको छ । नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।

    बैठकको सहअध्यक्षतासहित दुवै देशका विदेशमन्त्रीले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । पैँतीस सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख, गृह, रक्षा, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी बैठकमा सहभागी छन् । 

नेकपा सचिवालय बैठक 

थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी बुधबार सकियो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुग्न सकेन । 

    बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।
 
    यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाएका छन् । 
 
    प्रवक्ता श्रेष्ठले नेता नेपालको असहमतिका विषयमा छलफल गर्नुपरे छुट्टै प्रस्तावमा छलफल गर्न सकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी गरिएको छ । 

    मलाई ५ वर्ष नै थुन्न खोजियो 
काठमाडौं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवी लामिछानेले आफूलाई प्रहरीले ५ बर्षनै थुन्ने नियत देखाएको दाबी गरेका छन् । उनले  आफू हिरासतबाट निक्लिएको ५ मिनेटभित्रै यो घटनामा आफ्नो कहीँ कतै संग्लनता नरहेको पुष्टि गर्न सक्ने बताएका छन् । 
‘शालिकराम पुडासैनीको घटनाको विषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउँछु भनेको थिएँ र पाँचौ दिनसम्म हिरासतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि’ उनले श्रीमती निकिता पौडेलको फेसबुकमार्फत भनेका छन्, ‘म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहीँ कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।’

पाँचौ दिन सम्म  प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको गरेको भएपनि अहिले भने प्रहरीबाटै असुरक्षित भएको महसुश गरेको बताएका छन् । 


उनले आत्महत्यासम्बन्धी भिडियो कसरी बाहिरियो भन्दै प्रश्न समेत उठाएका छन् । ‘प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्लजीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो कोबाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?’ उनले प्रश्न गरेका छन् । 

 प्रहरीले आफ्नो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि प्रश्न गर्न गरेका छन् । ‘प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।’
शालिकरामले आत्महत्या गर्नुअघि रविलगायतको नाम लिएपछि प्रहरीले बिहीबार उनीहरुलाई राजधानीबाट पक्राउ गरेर चितवन लगेको थियो । साउन २० मा शालिकरामले आत्महत्या गरेका थिए ।

सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु

    भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर बुधबारएक मजदूरको मृत्यु भएको छ ।

    बुधबारमहानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने भारत मोतिहारी घर भई हाल सोही ब्यारेक भवनमा बस्दै आएका १९ वर्षीया प्रदीपकुमार हजामको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए । 

    करेन्ट लागेर घाइते भएका हजामको भक्तपुर अस्पताल उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिए । 

सोह्र लाख भारतीय रुपैँयासहित पक्राउ

    दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं २ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं ८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन् ।

    जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु सबैलाई सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।  

अन्तरराष्ट्रिय शिक्षा सम्मेलन शनिबारदेखि
    
    ललितपुरको पाटनढोकास्थित रातोबङ्गला विद्यालयमा शिक्षा सम्मेलन हुने भएको छ । यही भदौ ७ देखि ९ गतेसम्म रातोबङ्गला परिषद्को आयोजनामा नेपालको शिक्षालाई थप गुणस्तरीय बनाउँदै लैजाने उद्देश्यका साथ तीनदिने अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको हो । 
    
    सो सम्मेलन आयोजक समितिका सदस्य बाबुराम पौडेलले ‘शिक्षा सबैको अधिकार हो’ भन्ने मूल नारालाई सार्थक बनाउँदै नेपालका दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भइरहेकाले उनीहरुमा शिक्षाको पहुँच पु¥याउने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको प्रष्ट पारे । “नेपालको शिक्षा सुधारमा सरोकारवाला सबैलाई एकैथलोमा ल्याउन जरुरी देखियो”, पौडेलले भने ।
    
घुस लिएको अभियोगमा पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

    बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कार्यमा सहज बनाइदिने तथा र जग्गा रोक्का राख्न समेत सरलीकृत गरिदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । 

    आयोगको टङ्गालबाट गएको टोलीले उनीहरुलाई मालपोत कार्यालय नजिकैको एक खाजा घरबाट मङ्गलबार पक्राउ गरिएको भए पनि बुधबारसार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

गोँगबुको होटलमा दुई व्यक्ति मृत फेला  

    टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

    उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं बुधबारदिउँसो मृत अवस्थामा फेला परेका हुन् । 

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसार्इंले मङ्गलबार राति सुत्न आएको दुवैजना बुधबारदिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए । दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेप्से झिनो अङ्कले सुधार  

कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार बुधबारभने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ । 
    
    यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् । 

    स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.०४, होटल १५.१८, जलविद्युत् २.३५, निर्जीवन बीमा ५.९, उत्पादन ७.४४, लघुवित्त १.२४, जीवन बीमा ६.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । व्यापार ७.१, विकास बैंक ०.४५, वित्त ०.१ र अन्य उपसमूह ६.९१ बिन्दुले बढेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x