नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

भदौ ५, २०७६

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बिहीवार बिहान १० बजेपछि शुरू भएको बैठकमा पार्टी एकताका बाँकी कामहरूलाई अन्तिम रूप दिने विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास संगठनको एकता घोषणा हुन बाँकी छ ।

यसअघि बुधवार बसेको बैठक विनानिष्कर्ष सकिएको थियो । प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्नुअघि बसेको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली आज उपचारका लागि सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस