१ किलो ६ सय ग्राम कोकिनसहित विदेशी नागरिक पक्राउ

भदौ ५, २०७६

काठमाडौं– झण्डै ५ करोड अर्थात् ४ करोड ८० हजार बराबरको लागूऔषध कोकिनसहित आइभेरीकोष्टका एक जना पक्राउ परेका छन् । 

मंगलवार दिउँसो ५ बजेको समयमा कतारको दोहाबाट कतार एयरवेजको उडानबाट काठमाडौं आएका आइभेरिकोष्टका मार्सेल ग्वेहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

उनको साथबाट १ केजी ६ सय ग्राम लागूऔषध कोकिनसहित पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश अमात्यले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

उनले भने, 'ग्वेहीले नाइजेरियाको लागोस्बाट कतार हुँदै काठमाडौंबाट भारत समेत जान लागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
ग्वेहीको साथमा रहेको आइभेरिकोष्टको पासपोर्टमा भारतको समेत भिसा लागेको देखिएको छ ।

उनले निलो सुटकेशमा फलस्बटम बनाएर नेपाल भित्र्याउन खोजेका थिए । उनले काठमाडौं सोल्टी क्राउन प्लाजा कोठा बुक गरेको देखिएको प्रहरीले जनाएको छ ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस