झिनो अंकले घट्यो नेप्से

भदौ ५, २०७६

काठमाडौं- यस साता धितोपत्र बजारका कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन बिहीवार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरीद बिक्री भए । 


ADVERTISEMENT

कारोबार भएका १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर बढेको छ । बैंकिङ ०.७१, व्यापार ४.८२, विकास बैंक ५.१६, जलविद्युत् २.८६, वित्त ३.७६, निर्जीवन बीमा ४२.०१, उत्पादन ५.११ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । यस्तै होटल ११.१६, अन्य २.३, लघुवित्त १.१७ र जीवन बीमा ६.३ बिन्दुले बढेको छ । 

कारोबारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको एक करोड ९१ लाख ४० हजार ८११ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै प्रभु बैंक एक करोड ६६ लाख ७७ हजार ५५१, कृषि विकास बैंक एक करोड २० लाख ७३ हजार १६६, देवः विकास बैंकको संस्थापक शेयर ९८ लाख ६२ हजार ३५०, नेपाल बैंक लिमिटेड ८७ लाख ८७ हजार ७४६, नेपाल इन्भेस्टमेन्ट बैंक ७९ लाख ५७ हजार ७४३ र महालक्ष्मी विकास बैंक ७४ लाख १६ हजार ६५७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस