जसको इशारामा गाडी स्टार्ट हुन्छ !

भदौ ६, २०७६

एजेन्सी-तपाईं यो खबर पढेर अचम्ममा पर्नुहुनेछ । खबर हो- एउटा मानिसको इशारामा गाडी स्टार्ट हुनु । 

अमेरिकाको टेक्सासकी एमी डीडी सफ्टवेयर डेपलपर तथा बायो ह्याकर हुन् । उनलाई कारको विशेष मोह छ । 


ADVERTISEMENT

एमी डीडीले आफ्नो टेस्ला मोडल ३ को चाबी आफ्नो शरीरमा इम्प्लान्ट गरेकी छन् । जसमार्फत उनी इशारा गरेरै गाडी स्टार्ट गराउन सक्छिन् । 

उनको गाडीको साँचोको चारैतर्फ एक तार थियो । त्यसलाई काट्नुको सट्टा एमीले कार्डलाई एसीटोनमा डुबाइन् । कार्डबाट हटेपछि एन्टेन्नाको उचाइ ४० मिलिमिटर र चौडाइ १० मिलिमिटर बन्यो । 

तपाईंलाई यो बताऔं कि Tesla Model 3 Chip In Arm को साँचोमा स-साना तार हुन्छन् । जुन एक चिपसँग टाँसिएको हुन्छ । यद्यपि एमीले चिकित्सकसँग साँचो शरीरमा इम्प्लान्ट गर्न सल्लाह मागेकी थिइन् । तर उनीहरूले त्यसलाई अस्वीकार गरे । 

एमीले यो काम Piercing Shop बाट गराएकी हुन् । उनले चाबीको इन्फेक्शनबाट बच्न केही केमिकलहरूको पनि प्रयोग गरेकी छन् । 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस