कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौं– मकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
संघीय कृषि मन्त्रालय, प्रदेश ३ को कृषि मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र मासु व्यवासायीको पहलमा बधशाला पुनः सञ्चालनमा आउने भएको हो ।
बधशालाको शुक्रवार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अवलोकन गरेका थिए ।
शुरूमा बध गरिएको मासु काठमाडौं र हेटौंडामा पठाइने बधशाला साझेदार संस्था बफेलो क्वालिटी फूडका सञ्चालक सैयाद रियाजौद्दिइनले जानकारी दिए ।
उनका अनुसार बधशालामा प्रतिघन्टा २० वटा राँगाभैँसी बध गर्न सकिने छ । राँगा, भैंसी, खसीबोका र कुखुरा बध गर्न सकिने भए पनि शुरूमा राँगा भैँसी मात्र बध गरिने छ ।
उपभोक्तालाई स्वास्थकर मासु उपलव्ध गराउने, अव्यवस्थित बध प्रक्रियालाई अन्त्य गर्ने, पारिश्रमिक तिरेर अन्य उपभोक्ताले पनि पशु बध गराउने उद्देश्यले बधशाला सञ्चालन गर्न लागिएको हो ।
मन्त्रालयले ६१ लाख २९ हजार र संस्थाले ७० लाख सहयोगमा बधशाला सञ्चालन हुन लागेको हो ।
डेनिस सरकारको सहयोगमा वि.सं. २०२७ सालमा निर्माण भएको आधुनिक बधशाला २०३३ सालमा बन्द भएको थियोे । पछि बफेलो फुड्ले स्वामित्व लिएर सञ्चालन गरेको वधशाला २०७२ को भूकम्पपछि भारतले नाकाबन्दी लगाएपछि राँगा आयात हुन नसक्दा बन्द भएको थियो ।
५४ दशमलव २५ रोपनी क्षेत्रफलमा फैलिएको बधशाला सञ्चालन गरेर नमूना काम गर्न लागेको प्रदेश ३ का कृषि सचिव डा. योगेन्द्र कार्कीले बताए ।
स्वस्थ मासु खानका लागि हेटौंडाजस्तै अन्तका पनि बन्द रहेका बधशाला पुनः सञ्चालन र नयाँ निर्माणका लागि पहल गर्ने कृषि मन्त्री खनालको भनाई छ ।
यसैबीच बफेलो फूडले २ वटा चिस्यान घर र ४ वटा चिस्यान गाडी किन्नका लागि आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...