कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बुटवल – मकालु यातायातको गाडीमा काँकडभिट्टादेखि काठमाडौंका लागि ५० जना यात्रु बोकेर तेजबहादुर कार्कीले काठमाडौंको यात्रा तय गरे । झापाको काँकडभिट्टादेखि साँझ ६ बजे उनले काठमाडौंका लागि गाडी हुइँकाए ।
धादिङको जोगीमारा आइपुग्दा गाडीको ‘डाइरट’ भाँचिएर गाडी ३ सय मिटर तल त्रिशुली नदीमा खस्यो । गाडीमा सवारमध्ये ३२ जनाको मृत्यु भयो । यो काहलीलाग्दो दुर्घटना २०५७ माघ २३ गते बिहान ३ बजे भएको थियो ।
दुर्घटनामा चालक तेजबहादुर पनि गम्भीर घाइते भए । घाइते कार्कीले झण्डै ३ वर्ष काठमाडौंस्थित शिक्षण हस्पिटलको बेड नम्बर ११३ मा बसेर उपचार गरे ।
कार्कीको उपचारको क्रममा झण्डै ७० लाख रूपैयाँ खर्च भयो । ३ वर्ष उपचार गर्दा पनि उनको शरीर पहिलो अवस्थामा आउन सकेन । अन्ततः उनका दुवै खुट्टा काट्नुपर्ने अवस्था आयो । अहिले उनका कम्बरमुनिका भाग छैनन् । त्यो दुर्घटना सम्झिँदा कार्कीले अहिले पनि आँखा चिम्लिन्छन् ।
ओखलढुंगाको मालुङ गाउँपालिका–४ का ५२ वर्षीया कार्कीसँगै २० वर्ष गाडी चलाएको लामो अनुभव थियो । गाडीको इन्जिन कमजोर भएर भाँचिँदा उनी जीवनभर अरुको सहारामा चल्नुपर्ने अवस्थामा पुगे भने अन्य धेरै मानिसहरू पनि आफ्नो जीवनलीला गुमाउन पुगे ।
आफू अपाङ्गता भएपनि केही गर्नुपर्छ भन्ने सोच उपचार सकेर घर फर्किने बेलामा उनलाई हस्पिटलबाटै आयो । उनले नेपाललाई विश्वसामु चिनाउन ह्विलचियरबाटै विश्व घुम्ने सोच बनाए । खुट्टाविहीन बनेपनि उनले जीवनमा हार खाएनन् । अपाङ्ग बने पनि हिनताबोध नगरी शोकलाई शक्तिमा बदले ।
‘ओछ्यानमा लडेर बस्नुभन्दा अपाङ्गले पनि केही गर्न सक्छ भनेर देखाउने सोच आयो र ह्विलचियर विश्व यात्रामा निस्कें,’ कार्कीले भने, ‘मेरो यात्रामा सबैको साथ रह्यो र सफलतातिर उन्मुख भएँ ।’
अपाङ्गले पनि अन्य व्यक्तिले जस्तै काम गर्न सक्छ जस्तोसुकै काम गर्न सक्छन् भन्ने भनाइलाई पुष्टि गरेर देखाउनका लागि आफूले पदयात्रा शुरू गरेको कार्कीले बताए । अहिले उनी सहयोगका लागि बुटवल आइपुगेको छन् । विश्वका सबै देश पुग्ने योजना छ उनको ।
२०६१ जेठ ४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंबाट ह्विलचियर पदयात्रामा निस्केका थिए उनी । विश्व भ्रमणमा निस्केका कार्की हालसम्म ३३ देश पुगिसकेका छन् । उनले भारत पाकिस्तान, श्रीलंका, बर्मा, थाइल्याण्ड, लावस, कम्बोडिया, मलेसिया, भेतनाम, ताइवान, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, चीन, मंगोलिया, साइप्रस, वमन, एमन, दुबई, सिंगापुर लगायतका देशमा पुगेर विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थान नेपालमा भएको सन्देश पुर्याइसकेका छन् ।
यसैकारण आफ्नो यात्रालाई ‘विश्व शान्ति ह्विलचियर पदयात्रा’ नाम दिइएको उनको भनाइ छ । उनले भने, ‘मेरो कठिन यात्रालाई विश्व शान्ति स्थापना तथा नेपाल सरकार अपाङ्ग आयोग गठनका लागि दबाब दिन पनि हो । राज्यले अन्य धेरै आयोग गठन गरेको छ तर अपाङ्ग आयोग गठन गर्ने सोच अझै बनाएको छैन ।’ उनको ह्विलचियरमा २ वटा नेपालका झण्डा छन् ।
उनी नेपालका ६९ जिल्ला पनि घुमिसकेका छन् । नेपालका रूकुम पूर्व, रूकुम पश्चिम, नवलपुर, इलाम, संखुवासभा, बारा, सर्लाही, धनुषा जिल्ला जान बाँकी रहेको उनले लोकान्तरलाई सुनाए ।
‘आउँदो मंसिरदेखि ब्रुन्डी हुँदै अन्य देशको भ्रमणमा निस्किँदै छु । त्यसको आर्थिक संकलनका लागि यहाँसम्म आएको छु । संघसंस्था, स्थानीय तह, प्रदेश सरकारसँग सहयोग माग्दै छु । केही ठाउँबाट राम्रो सहयोग पनि पाएको छु,’ उनले भने ।
‘भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन्, संसारकै सबैभन्दा अग्लो सगरमाथा नेपालमै छ’ भन्ने उनको नारा छ । सहयोगका लागि हात फैलाउँदै उनी विगत ६ दिनदेखि बुटवलमा रहेका छन् । आर्थिक अभावको कारण यात्रा सहज रुपमा अगाडि बढाउन नसकिएको भन्दै बुटवलमा उनले आर्थिक संकलनको जोहो गर्दै आएका छन् ।
कार्कीले दुर्घटनामा परेर दुवै खुट्टा गुमाएपनि विश्व शान्तिको कामनासहित विश्व भ्रमण गर्ने योजना बनाएको र सोही अनुसार अभियानमा हिँडिरहेको जानकारी दिए । विभिन्न दाताको सहयोगबाट नै देश विदेश भ्रमण गर्न सफल भएको बताउँदै उनले सरकारी निकायबाट हालसम्म पनि कुनै पनि सहयोग नभएको बताए ।
‘नेपाल सरकारबाट कागज पत्रबाहेक अन्य केही पाएको छैन,’ उनले भने । हालसम्म करीब ३ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको जानकारी दिँदै ह्विलचियर यात्री कार्कीले अझै सोही बराबरको रकम आवश्यक रहेको र सोही अनुसारको संकलन गर्दै हिँडेको जानकारी दिए ।
१ सय ३ वटा देशमा शान्तिको सन्देश फैलाउने गरी यात्रामा निस्किको जानकारी दिँदै उनले अभियान पूरा गरेर छाड्ने बताएका छन् । बुटवलमा आएर विभिन्न मन्त्रालय लगायत शुभेच्छुकबाट सहयोग संकलन गर्दै हिँडेका उनले मन्त्रालयबाट सहयोगको आश्वासन पाएको बताए । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर ५ कार्यालयका कार्यक्रम अधिकृत धना रावतले आ–आफ्नो निकायबाट कार्कीको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोगको संकलनको कार्यक्रम जारी राखेको बताइन् ।
उनले सोही अनुसार केहीँकतैबाट सहयोग भएमा यात्री कार्कीलाई हस्तानान्तरण गर्ने गरी योजना बनाएको जानकारी दिइन् । कार्कीका २ छोरा र १ छोरी छन् । पत्नीको २०६६ सालमा निधन भएको उनको भनाइ छ । नेपालगञ्जमा रहेको एनएचएफले प्रदान गरेको ह्विलचियर लिएर उनले यात्रामा निस्किएका छन् । हाल २ जना सहयोगीको साथमा रहेका उनले नेपालगञ्जबाट ७ दिनमा बुटवलमा आएका हुन् ।
खासगरी अपाङ्ग हुँदैमा हिनताबोध गर्नु हँुदैन भन्ने सन्देश समेत फैलाउनको लागि अभियानमा लागेको उनको तर्क रहेको छ । यात्री कार्कीलाई सहयोग गर्न ९८४१६७६३५७ नम्बरमा सम्पर्क समेत गर्न सकिने जनाइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...