यी बलरले याद दिलाए सेन वार्नको 'बल अफ दी सेन्चुरी', क्रिकेटप्रेमी चकित [भिडियोसहित]

भदौ ८, २०७६

एजेन्सी- लीड्स टेस्ट म्याचमा अस्ट्रेलियाको दोस्रो पारीको क्रममा इंग्ल्याण्डका स्पिनर ज्याक लीचले अस्ट्रेलियाको ओपनर मार्कस ह्यारिसलाई यसरी बोल्ड गरे, जसले अहिले व्यापक चर्चा भएको छ ।

इंग्ल्याण्डका लेफ्ट आर्म स्पिनर ज्याक लीचले अस्ट्रेलियाविरुद्ध तेस्रो एशेज टेस्ट म्याचका क्रममा एउटा यस्तो फल फाले जसले धेरैलाई आश्चर्यमा पार्‍यो । ज्याक लीचको यस बललाई  शेन वार्नको 'बल अफ दी सेन्चुरी'को याद दिलायो । लीचको उक्त भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ । 


ADVERTISEMENT

अस्ट्रेलियाको दोस्रो पारीको १२ औं ओभरमा ज्याक लीचले बलिङ गर्ने अवसर पाए र उनले पहिलो बलमै विकेट लिए । उनले अफ स्टम्पको निकै बाहिर बललाई पिच गराए । बल स्पिन भएर मार्कस ह्यारिसको मिडिल तथा लेग स्टम्पतिर जान थाल्यो ।

ज्याक लीचको यस बलले शेन वार्नको ९० डिग्री एंगलवाला बललाई याद दिलायो । जसलाई 'बल अफ दी सेन्चुरी' भनिन्छ । लीचको यस बल यति टर्न भएको थियो कि मार्कस ह्यारिस पनि हेरेर बसिरहे । इंग्ल्याण्डका २८ वर्षीय स्पिनरलाई अस्ट्रेलियाविरुद्ध पहिलो पारीमा एक पनि ओभर दिइएको थिएन ।

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार