अमेरिका बेलायत व्यापार सम्झौता छिट्टै: ट्रम्प

भदौ ८, २०७६

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताएका छन् ।

फ्रान्सको बियारिजमा जी ७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, ‘दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।’


ADVERTISEMENT

प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए।

दुबै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौं ।’

जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तिब्रता दिनुका साथै संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर भएका छन् । 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस