पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उनले शनिवार निकै विशाल क्षेप्यास्त्र प्रक्षेपकको परीक्षणलाई अवलोकन गरेको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
त्यस प्रक्षेपकबाट दुईवटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरी समुद्रमा खसाइएको दक्षिण कोरियाको सेनाले पनि पुष्टि गरेको छ ।
जुलाई महिनाको अन्तिमतिरबाट गरिएको यो सातौं चरणको प्रक्षेपण हो । गत साता मात्र किमले दुई बेग्लाबेग्लै क्षेप्यास्त्र प्रक्षेपण गरेका थिए ।
किम र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच फेब्रुअरी महिनामा आणविक निःशस्त्रीकरण वार्ता अवरुद्ध भएको थियो ।
उत्तर कोरियाले हतियार कार्यक्रममा उल्लेख्य उपलब्धि हासिल गरेको विज्ञहरूले दाबी गरेका छन् । यसले वाशिङटनको निद्रा खल्बल्याउने एमआईटीका राजनीतिशास्त्रका सहाप्राध्यापक विपिन नारंगले बताए ।
यी क्षेप्यास्त्रले क्षेत्रीय तथा दक्षिण कोरियाली क्षेप्यास्त्र प्रतिरक्षालाई चुनौती दिने उनको भनाइ छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आठचक्के गाडीको पछिल्तिरबाट ठूला ट्युबमा रकेट प्रक्षेपण गरिएको तस्वीर प्रकाशन गरेका छन् ।
‘उत्तर कोरियाले शत्रुहरूका तर्फबाट हुने सैन्य खतरा र आक्रामक दबाबको प्रतिकार गर्नका लागि नयाँ रणनीतिक हतियार विकास गर्नुपर्छ,’ किमले शनिवार बताए ।
क्षेप्यास्त्र विकसित गर्ने रक्षा वैज्ञानिकहरू देशका अमूल्य निधि भएका र उनीहरूलाई केही कुरासँग पनि साट्न नसकिने बताए ।
शनिवार केसीएनएले एउटा टिप्पणी छाप्दै उत्तर कोरियाले प्रतिबन्धबाट राहतको साटो रणनीतिक सुरक्षा कहिले पनि नसाट्ने लेखेको छ ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...