किशोरलाई सर्पले टोकेपछि... (भिडियो)

भदौ ८, २०७६

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियामा एउटा र्‍याटलस्नेक सर्पले एक किशोरलाई टोकेको छ । 

ब्राइस रसेललाई नोर्कोस्थित घरबाट बाहिर निस्कँदै गर्दा सर्पले टोकेको थियो । 


ADVERTISEMENT

सीसीटीभी फूटेजमा सर्प अगाडिको ढोकामा राखिएको एउटा कुुर्सीमुनि लुकिरहेको देखिन्छ । 

सर्प अचानक रसेलमाथि जाइलागेको देखिन्छ । उनी पीडाका कारण हावामा उफ्रेको देखिन्छ । 

उनले आफूलाई धेरै पीडा नभएको तर विषका कारण उनको गोडा सुन्निएको देखिएपछि डरको अनुभव भएको बताए । 

भाग्यवश रसेलका आमा र बहिनी दुवै नर्स हुन् र उनीहरूले प्यारामेडिक आउनसघि उपचार गरे । 

‘मेरो अनुहार, जिभ्रो र ओठ झमझम भएको जस्तो लाग्या, शायद त्यो विषको असर होला,’ उनले बताए । 

उनलाई २४ वटा विषप्रतिरोधी औषधि दिइएको थियो र उनले कोरोना क्षेत्रीय स्वास्थ्य केन्द्रमा दुई दिन बताए । 

रसेलकी बहिनीले सर्पको टाउको गिँडिन् र त्यसको सिनो ट्याक्सीडर्मिस्टकहाँ लगिन् । उनले छालाको बेल्ट बनाउन खोजेकी छन् ।

र्‍याटलस्नेकले टोकेपछि त्यसको विष निकै खतरनाक हुन्छ । पीडितलाई तत्कालै उपचार गर्नुपर्ने हुन्छ नत्र ज्यानै जान सक्छ ।

एजेन्सी

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार