भदौ ८, २०७६

काठमाडौं– सासंद भावना सुवेदीको झोलाबाट नगद चोरी गर्ने १ जना पक्राउ परेका छन\ ।

साउन २६ गते काठमाडौंको इन्द्रचोकमा काम विषेशले जाँदै गर्दा उनको झोलाबाट ७ हजार ३ सय नगद सहित, परिचय पत्र र एटीएम कार्ड चोरी गर्ने सर्लाही बरथहवा नगरपालिकाका १९ jर्षीय निश्चल थिङलाई महानगरिय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले भदौ ५ गते पक्राउ गरेको हो ।


ADVERTISEMENT

चोरी गरेर फरार भएका थिङलाई सीसीटीभी फुटेजका माध्यमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चोरी भएपछि सांसद सुवेदीले महानगरीय प्रहरी वृत्त जनसेवामा निवेदन दिएकी थिइन् ।

थिङलाई काठमाडौंको मैतीदेवीबाट प्रहरीले पक्राउ गरेको थियो ।

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस