चन्द समूहका जिल्ला सेक्रेटरी समातिए

भदौ ८, २०७६

बुटवल- इलाका प्रहरी कार्यालय गैडाकोट नवलपुरले नेत्र विक्रम चन्द (विप्लव) समूहका पूर्वी नवलपरासी जिल्ला सेक्रेटरी विर बहादुर थापालाई पक्राउ गरेको छ ।

शनिबार साँझ नवलपुर कावासोती नगरपालिका–३ घर भएका थापालाई गैंडाकोटको नारायणी पुल नजिकबाट समातिएका हुन ।


ADVERTISEMENT

थापालाई ‘आवश्यक अनुसन्धानपछि कारबाही प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

उनको साथबाट चन्द समूहका दस्तावेजहरु फेला परेको प्रहरीको दाबी छ । थापासँगै अहिलेसम्म पूर्वी नवलपरासीमा चन्द समूहका १० जना नेता तथा कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।

जसमध्ये पार्टी गतिविधिमा नलाग्ने जनाउँदै विज्ञप्ती निकालेका ५ जना धरौटीमा छुटेको प्रहरीले जनाएको छ । अन्य पाँच जना थुनामा छन् ।

 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार