×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक व्यक्तिको सुरक्षा नै समृद्धिको पहिलो आधार भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आइतबार वीरेन्द्रनगरमा आयोजना गरिएको बृहत विद्यालय सुरक्षा सम्वन्धी विद्यार्थी मैत्री भेला २०७६ नामक कार्यक्रमलाई सम्वोधन गर्दै जबसम्म व्यक्ति सुरक्षित महसुस गर्दैन तबसम्म उसले आफ्नो बुद्धि विवेश प्रयोग गर्न नसक्ने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जबसम्म हरेक व्यक्ति सुरक्षित हुँदैन तबसम्म उसले सिकेका कुराहरु कार्यान्वयन गर्न सक्दैन ।’ उनले भने, ‘त्यस्तो भएको खण्डमा समृद्धि हासिल गर्न सकिदैन । त्यसैले कर्णाली प्रदेश सरकार सबैलाइ प्राकृतिक विपत्तीबाट सुरक्षित बनाउन चाहन्छ । यसकालागि हामीले कानून बनाइसकेका छौं । सबैसँग सहकार्य गर्दै कर्णालीलाई सुरक्षित बनाएर समृद्धि ल्याउन चाहन्छौं ।’


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहीले सरकारले अब बन्ने सबै संरचना भूकम्परहित हुने बताए । ‘हामीले बनाइरहेका विद्यालय भवनहरु भुकम्प रहित बनाइरहेका छौं ।’ उनले भने, ‘तर हिमाली जिल्लामा सिमेन्ट र सरिया पु¥याउन समस्या हुँदा भौगोलिक कठिनाइका कारण समस्या भएको छ ।’

Vianet communication
Laxmi Bank

उनले नेपाली समाज सिद्धान्त बढी अध्ययन गर्ने तर व्यवहारिक प्रयोग नगर्ने तर्फ अग्रसर भएको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री दल रावलले नेपालमै सबैभन्दा भूकम्पको जोखिममा कर्णाली प्रदेश रहेको बताए । ‘मानवीय चलखेल जुन स्थानमा बढि हुन्छ त्यहि स्थानमा बढी ज्यान जानसक्ने खतरा बढी हुन्छ ।’ उनले भने, ‘त्यस्तो जोखिमलाई क मगर्न यो सम्मेलनले सरकारलाई थप मार्ग निर्देशन गर्ने हाम्रो अपेक्षा छ ।’

दुइ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा जापानको माइक्रो हाइस्कुलका १४ जना शिक्षक विद्यार्थी सहित नेपालका १९ जिल्लाबाट विभिन्न ५७ जना विद्यार्थी र २८ जना शिक्षकहरु गरी ८५ जनाको सहभागिता रहेको छ । सम्मेलनमा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधर, वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख उदेश्य विपद सुरक्षाको बारेमा विद्यार्थी शिक्षक तथा सरोकारवालाहरुको चेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले जानकारी दिए ।

‘विपद सुरक्षाको विषयमा अन्य देशहरुमा प्राप्त ज्ञान तथा अनुभवको प्रचार प्रसार गर्ने, यस सम्वन्धी ज्ञान तथा अनुभवहरु विद्यालय विद्यालय बीच आदान प्रदान गर्ने उदेश्य राखेका छौं ।’ उनले भने, ‘भूकम्प र विपद सुरक्षाका उपायहरुबारे नेपाल र अन्य देशका विद्यालयहरु बीच आदान प्रदान गर्ने र विद्यालय सुरक्षा र पूर्वतयारीका बारे साझा लक्ष्य र उदेश्य निर्माण गर्ने रहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x