नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा काठमाडौंको बालुवाटारमा

भदौ १०, २०७६

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौंको बालुवाटारमा विस्तार गरेको छ । यस नयाँ शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितका पूर्ण शाखाका रूपमा सञ्चालित बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरे । काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ ।


ADVERTISEMENT

यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ । 

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक Bank Of The Year‘ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन Euromoney द्वारा Best Bank २०१८ अवार्ड प्रदान गरिएको थियो ।
 

भदौ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस