कामना सेवाका ग्राहकले सपिङ साइटबाट खरिद गर्न सक्ने गरी सम्झौता

भदौ १०, २०७६

काठमाडौं – ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आमजनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक र एनपेबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि कामना सेवा विकास बैंकका मोबाइल वा इन्टनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेबसाइटमा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।


ADVERTISEMENT

ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरू https://npay.com.np/npay_merchants/ मा गई हेर्न सक्ने छन् ।

काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप तथा परिमार्जन गर्दै जाने बैंकको योजना रहेको जनाइएको छ ।

भदौ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस