​मालपोतका खरिदार र लेखापढी व्यवसायी १ लाख २० हजार घुससहित नियन्त्रणमा

भदौ १२, २०७६

बुटवल –मालापोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको छ ।

बिहीवार मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल-पाण्डे लेखापढी सेवामा सेवाग्राहीसँग नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । 


ADVERTISEMENT

उनीहरूमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए । केही दिनअगाडि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी वीरेन्द्र पाण्डेलाई पनि अख्तियारले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

पछिल्लो समय अख्तियार बुटवलको सक्रियता बढाएको छ ।  

भदौ १२, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस