कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
सुपरस्टार प्रभासको एक्सन फिल्म साहोको प्रतीक्षा दर्शकहरूले लामो समयदेखि गरिरहेका थिए । शुक्रवार फिल्म रिलिज भइसकेको छ ।
बलिउडको सबभन्दा महंगो फिल्म मानिएको साहोमा दमदार एक्सन सिक्वेन्स र विशाल स्टारकास्ट छ । फिल्मको कथामा निकै ट्विस्ट र टर्न छ । हिरोसमक्ष अनेकौं भिलेन आइलाग्छन् ।
फिल्मको कथा मुम्बईमा भएको ठूलो डकैतीबाट शुरू हुन्छ । एउटा ब्ल्याक बक्सको खोजीमा सबैजना हुन्छन् र त्यसैमा सबैको भाग्यको साँचो हुन्छ । अनि कथा अनेकौं शहरमा जोडिँदै जान्छ ।
फिल्ममा शुरूबाटै एक्सन छ । शुरूमै प्रभासको दमदार स्क्रीन प्रजेन्स देख्न पाइन्छ । उनी आफ्नो रोलमा फिट देखिन्छन् । तर बाहुबलीको जस्तो चार्म उनले यसमा देखाउन सकेका छैनन् । फिल्ममा उनको डाइलग डेलिभरी स्लो छ ।
उनको पात्रलाई रहस्यमयी बनाइएको भएर शायद डाइलग डेलिभरी स्लो राखिएको हो । दर्शकहरू प्रभासको चरित्रको अनुमान लगाउँदै बस्छन् ।
श्रद्धा कपूर फिल्ममा ग्ल्यामरस देखिएकी छन् तर उनको पात्र कमजोर छ । एक मजबूत प्रहरी हुनुको साटो उनलाई अबला देखाइएको छ जसलाई नायकले घरिघरि बचाउनुपर्ने हुन्छ । प्रभास र श्रद्धाको केमिस्ट्री पनि जमेको छैन ।
भिलेनको कुरा गर्दा चंकी पाण्डेले प्रभाव छोड्छन् । अरू भिलेन चाहिँ कमजोर छन् ।
फिल्मको संगीत राम्रो छ तर गीतहरू जथाभावी राखिएको छ । गीतहरूका कारण फिल्म अनावश्यक लामो तन्किएको छ ।
फिल्मको एक्सन सिक्वेन्स त दर्शकले मन पराउँछन् तर स्पेसल इफेक्टहरू रद्दी छन् । मुख्य कुरा त फिल्मको स्टोरीलाइन नै कमजोर छ र निर्देशन पनि उम्दा छैन । निर्देशक सुजीतले एउटा राम्रो अवसर गुमाएका छन् ।
तपाईं प्रभासको डाईहार्ड फ्यान हो भने अनि एक्सन मन पराउनुहुन्छ भने साहो हेर्नुस्, नत्र यो फिल्म नहेर्दा पनि केही फरक पर्दैन ।
फिल्म : साहो
कलाकार : प्रभास, श्रद्धा कपूर, चंकी पाण्डे, ज्याकी श्रोफ, नील नितिन मुकेश
निर्देशक : सुजीत
विधा : एक्सन थ्रिलर
अवधि : २ घन्टा ५१ मिनट
रेटिङ : ५ मा २.५ तारा
नवभारत टाइम्समा प्रकाशित समीक्षा
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...