मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

फाइल फोटो
भदौ १५, २०७६

भरतपुर- भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । 

भदौ १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार